भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन

पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन

काठमाडौं, १ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) बाट साउन ३० गते प्राप्त नयाँ खरिद मूल्यका आधारमा निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थको हालकै मूल्य कायम राख्ने निर्णय गरेको हो।

निगमका अनुसार यसअघि साउन १८ गतेदेखि लागू भएको मूल्य नै निरन्तर रहनेछ। जसअनुसार पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, धनगढी र वीरगन्जमा पेट्रोल तथा डिजेलको मूल्य प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा कायम छ।

त्यस्तै, दोस्रो वर्गअन्तर्गत दाङ र सुर्खेतमा पेट्रोल तथा डिजेल प्रतिलिटर १९९ रुपैयाँ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर २०० रुपैयाँ कायम गरिएको छ।निगमले नयाँ खरिद मूल्य प्राप्त भए पनि हाललाई पेट्रोलियम पदार्थको बिक्री मूल्यमा कुनै परिवर्तन नगर्ने निर्णय गरेको हो।

 


Thali Mobile Pvt.Ltd.