भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने

सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने

काठमाडौं, १ भदौ । सरकारले अब आफैं खुद्रा बिक्रेता बनेर ग्यास बिक्री–वितरण नगर्ने भएको छ। नेपाल आयल निगमले आजदेखि ग्यास उद्योगले नियुक्त गरेका आधिकारिक बिक्रेतामार्फत नियमित प्रक्रियाअनुसार ग्यास बिक्री हुने जनाएको छ।

निगमले सूचना जारी गर्दै उपभोक्तालाई आफूलाई पायक पर्ने आधिकारिक बिक्रेतासँग सम्पर्क गरी ग्यास खरिद गर्न आग्रह गरेको छ।ग्यासको बिक्री–वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन निगमले सम्बन्धित उद्योग, बिक्रेता तथा वितरकलाई दैनिक बिक्री विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।

निगमका अनुसार ग्यास बिक्री गर्ने बिक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र बिक्री गरिएका सिलिन्डरको संख्यासहितको विवरण हरेक दिन बिहान ९ बजेभित्र उपलब्ध गराउन उद्योगीहरूलाई भनिएको छ।त्यस्तै, अत्यावश्यक रूपमा घरायसी प्रयोजनका लागि ग्यास प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर बिक्री गर्न निगमले आग्रह गरेको छ।

ग्यास ढुवानी तथा वितरणका क्रममा सुरक्षाका दृष्टिले आवश्यक सहजीकरण गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई गृह मन्त्रालयमार्फत अनुरोध गरिएको निगमले जनाएको छ।यसअघि सरकारले काठमाडौंका विभिन्न स्थान तोकेर आफैं खुद्रा बिक्रेताको भूमिकामा ग्यास बिक्री गरेको थियो।

तर, सरकार आफैंले ग्यास वितरण गर्न थालेपछि वितरण प्रणाली झनै अव्यवस्थित भएको भन्दै आलोचना भएको थियो। अब भने उद्योगले नियुक्त गरेका आधिकारिक बिक्रेतामार्फत नै नियमित रूपमा ग्यास बिक्री हुने भएको हो।

 


Thali Mobile Pvt.Ltd.