भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

लगनखेलको श्रीराम फार्मेसीका सञ्चालक पक्राउ

लगनखेलको श्रीराम फार्मेसीका सञ्चालक पक्राउ

काठमाडौं । औषधि अपचलनको कसुरमा प्रहरीले ललितपुरको लगनखेलमा रहेको श्रीराम फार्मेसीका सञ्चालक लक्ष्मण महर्जनलाई पक्राउ गरेको छ । मंगलबार पक्राउ परेका महर्जनलाई अनुसन्धानका निम्ति बुधबार अदालतबाट म्याद थप गरी प्रहरी परिसर ललितपुरमा राखिएको छ ।

औषधि व्यवस्था विभाग र प्रहरीको टोलीले अनुगमन गर्दा उनको फार्मेसीमा बिल नभएको २३० थान औषधि फेला परेको थियो । श्रीराम फार्मेसी मंगलबार नै सिल गरिएको छ । महर्जनविरुद्ध थप अनुसन्धान अघि बढाइएको परिसरका एसपी नरेश सुवेदीले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.