भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

मासिक १ खर्ब २० अर्ब रुपैयाँ भित्रिन्छ रेमिट्यान्स

मासिक १ खर्ब २० अर्ब रुपैयाँ भित्रिन्छ रेमिट्यान्स

काठमाडौं । नेपालमा रेमिट्यान्स आप्रवाह मासिक १ खर्ब २० अर्ब रुपैयाँले भित्रिरहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार ११ महिना सम्म १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स आएको छ ।

यस अनुसार हरेक महिना १ खर्ब २० अर्ब ६८ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको तथ्यांकबाट देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस वर्ष विप्रेषण आप्रवाह १९.३ प्रतिशतले बढेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेको थियो । यस अवधिमा श्रम स्वीकृति लिनेको संख्या भने घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस वर्ष संस्थागततर्फ ४ लाख २२ हजार ९३६ जनाले श्रम स्वीकृति लिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.