भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्म कठोर कदम चाल्न सरकार तयार

भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्म कठोर कदम चाल्न सरकार तयार

काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्ध सरकार कुनै पनि हालतमा पछि नहट्ने बताउँदै आवश्यक परे जुनसुकै हदसम्म कठोर उपाय अपनाउने स्पष्ट चेतावनी दिएकी छिन्।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सुशासनको अभियानलाई रोक्न खोज्ने, धम्की दिने वा व्यवधान पुर्‍याउने तत्त्वहरू सफल नहुनेमा जोड दिइन्।

उनले भनिन्, “जेनजी आन्दोलनका अपेक्षा र मागअनुसारका उपलब्धि हासिल हुन केही समय लागलान्। तर भ्रष्टाचारविरुद्ध राज्यका संयन्त्रहरू सक्रिय छन्, सरकार पछि हट्ने छैन। धम्की–दबाबबाट हामी अडिग छौँ।”

प्रधानमन्त्रीले सम्बन्धित निकायका पदाधिकारी तथा राष्ट्रसेवकलाई बिचलित नहुन, व्यावसायिक स्वतन्त्रता र कानूनी हैसियतप्रति पूर्ण भरोसा राखी निर्भीक रूपमा अघि बढ्न पनि आग्रह गरिन्।

उनका अनुसार यो सरकार चुनावी सरकार मात्र नभई जनआवाज र सुशासनका मागबाट उठेको जेनजी आन्दोलनको जगमा बनेकाले भ्रष्टाचार उन्मूलनलाई प्राथमिकताको रुपमा अघि बढाइने बताइन्।

 


Thali Mobile Pvt.Ltd.