भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

प्रधानमन्त्री कार्यालयले कुनै पनि व्यक्तिलाई चन्दा संकलनको अनुमति नदिएको स्पष्टिकरण

प्रधानमन्त्री कार्यालयले कुनै पनि व्यक्तिलाई चन्दा संकलनको अनुमति नदिएको स्पष्टिकरण

काठमाण्डौ, २८ असाेज । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग गरी चन्दा सङ्कलन गर्ने व्यक्ति वा समूहलाई कानुनी कारबाही गरिने चेतावनी दिएको छ।

केही व्यक्ति वा संस्थाले प्रधानमन्त्री कार्की र प्रधानमन्त्री कार्यालयको हवाला दिँदै विभिन्न परियोजना, कोष वा सामाजिक कार्यका नाममा चन्दा मागिरहेको सूचनाप्रति कार्यालयको ध्यान गएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव एवम् प्रवक्ता रविलाल शर्माका अनुसार प्रधानमन्त्री वा प्रधानमन्त्री कार्यालयका तर्फबाट कुनै पनि किसिमको चन्दा, सहयोग वा रकम सङ्कलनको अनुमति कसैलाई दिइएको छैन।

प्रवक्ता शर्माले विज्ञप्तिमार्फत यस्तो भ्रामक कार्यमा विश्वास नगर्न र कसैले यस्ता कार्यका लागि आग्रह गरेमा तुरुन्त अस्वीकार गर्न अनुरोध गरेका छन्।

त्यसैगरी, प्रधानमन्त्रीको नाम प्रयोग गरेर चन्दा सङ्कलन गर्ने वा प्रोत्साहित गर्ने व्यक्तिहरू कानुनी कारबाहीको दायरामा ल्याइने पनि उल्लेख गरिएको छ। यस्ता गतिविधि फेला परेमा स्थानीय प्रहरीलाई तुरुन्त जानकारी गराउन नागरिकहरूलाई आग्रह गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.