भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हमासले २० जना जीवित इजरायली बन्धक रिहा गर्‍यो, गाजा शान्ति योजनाको घोषणापत्रमा हस्ताक्षर

हमासले २० जना जीवित इजरायली बन्धक रिहा गर्‍यो, गाजा शान्ति योजनाको घोषणापत्रमा हस्ताक्षर

एजेन्सी, २८ असाेज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सक्रियतामा गाजा शान्ति योजनामा हस्ताक्षर भएको छ। हमासले इजरायली बन्धकहरू रिहा गरेलगत्तै उक्त सम्झौतामा सहमति जुटाइएको हो।

इजिप्टको शर्म अल–शेखमा आयोजित गाजा शान्ति शिखर सम्मेलनमा इजिप्ट, कतार, टर्की र अमेरिकासहित २० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी थिए। सम्मेलनको मुख्य उपलब्धिका रूपमा गाजा शान्ति योजनाको घोषणापत्रमा हस्ताक्षर गरिएको हो।

ट्रम्पले कार्यक्रममा भनिन्, “आज गाजाका लागि नयाँ युगको सुरुआत भएको छ। अब पुनर्निर्माण र स्थायित्वतर्फ अघि बढ्ने समय आएको छ।” उनले इजरायल र हमासबीच युद्धविराम गराउन योगदान पुर्‍याएका मध्यपूर्वी देशका नेताहरूको प्रशंसा गरे।

हमासले हिजो मात्रै २० जना जीवित इजरायली बन्धक रिहा गरेको थियो। त्यसअघि नेपालका विद्यार्थी विपिन जोशीसहित चार जना मृत बन्धकको शव हमासले इजरायललाई हस्तान्तरण गरेको थियो। अझै २४ जना बन्धकको शव फिर्ता हुन बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

 


Thali Mobile Pvt.Ltd.