भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

हमासले २० जना जीवित इजरायली बन्धक रिहा गर्‍यो, गाजा शान्ति योजनाको घोषणापत्रमा हस्ताक्षर

हमासले २० जना जीवित इजरायली बन्धक रिहा गर्‍यो, गाजा शान्ति योजनाको घोषणापत्रमा हस्ताक्षर

एजेन्सी, २८ असाेज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सक्रियतामा गाजा शान्ति योजनामा हस्ताक्षर भएको छ। हमासले इजरायली बन्धकहरू रिहा गरेलगत्तै उक्त सम्झौतामा सहमति जुटाइएको हो।

इजिप्टको शर्म अल–शेखमा आयोजित गाजा शान्ति शिखर सम्मेलनमा इजिप्ट, कतार, टर्की र अमेरिकासहित २० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी थिए। सम्मेलनको मुख्य उपलब्धिका रूपमा गाजा शान्ति योजनाको घोषणापत्रमा हस्ताक्षर गरिएको हो।

ट्रम्पले कार्यक्रममा भनिन्, “आज गाजाका लागि नयाँ युगको सुरुआत भएको छ। अब पुनर्निर्माण र स्थायित्वतर्फ अघि बढ्ने समय आएको छ।” उनले इजरायल र हमासबीच युद्धविराम गराउन योगदान पुर्‍याएका मध्यपूर्वी देशका नेताहरूको प्रशंसा गरे।

हमासले हिजो मात्रै २० जना जीवित इजरायली बन्धक रिहा गरेको थियो। त्यसअघि नेपालका विद्यार्थी विपिन जोशीसहित चार जना मृत बन्धकको शव हमासले इजरायललाई हस्तान्तरण गरेको थियो। अझै २४ जना बन्धकको शव फिर्ता हुन बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

 


Thali Mobile Pvt.Ltd.