भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

प्रधानमन्त्री ओलीले आज बिम्स्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज बिम्स्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्ने

बैङ्कक, २२ चैत  । प्रधानमन्त्री केपी शर्मा ओलीले आज थाइल्याण्डको बैङ्ककमा जारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनलाई सम्बोधन गर्दैछन्। सम्मेलनमा बङ्गलादेश, भुटान, भारत, म्यान्मार, श्रीलङ्का र आयोजक थाइल्याण्डका सरकार प्रमुखहरूसँगै उनले आफ्नो धारणा राख्नेछन्।

सम्मेलनको पहिलो कार्यसूचीमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’ सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ। थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले स्वागत सम्बोधनपछि कार्यसूची प्रस्तुत गर्नेछन्। त्यसपछि सदस्य मुलुकका नेताहरूले क्रमशः सम्बोधन गर्नेछन्। सम्बोधनपछि कार्यसूचीहरू पारित गरिनेछ र आयोजक प्रधानमन्त्री शिनावात्ले पत्रकार सम्मेलनमार्फत निष्कर्ष सार्वजनिक गर्नेछन्।

सम्मेलनको दोस्रो चरणमा स्थानीय समयअनुसार अपराह्न ४ बजे प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुईपक्षीय भेटवार्ता तय भएको छ। यो भेट बैङ्ककको होटेल साङ्ग्रिलामा हुने कार्यक्रम छ। नेपाल र भारतबीचको सम्बन्ध थप सुदृढ गर्ने यो भेटलाई महत्वपूर्ण मानिएको छ। बिम्स्टेक सम्मेलनको यो छैटौँ संस्करण २०१८ पछिको पहिलो प्रत्यक्ष बैठक हो, जसले क्षेत्रीय सहकार्यलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ।

सम्मेलनपछि प्रधानमन्त्री ओली आज साँझ थाइल्याण्डस्थित नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोहमा सहभागी हुनेछन्। उनी चैत १९ गतेदेखि थाइल्याण्डको पहिलो औपचारिक भ्रमणमा छन् र सम्मेलन सकिएपछि चैत २३ गते स्वदेश फर्कने कार्यक्रम छ। भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल र परराष्ट्र सचिव अमृतबहादुर राई सहभागी छन्।

 


Thali Mobile Pvt.Ltd.