भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

काठमाडौं महानगरमा प्रशासकीय अधिकृत कार्यालय पुगे, तलब निकासा प्रक्रिया सुरु

काठमाडौं महानगरमा प्रशासकीय अधिकृत कार्यालय पुगे, तलब निकासा प्रक्रिया सुरु

काठमाडौं, २२ चैत । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आज सहज रूपमा कार्यालय प्रवेश गरेका छन् । हिजो मेयर बालेन्द्र साह (बालेन) ले उनलाई रोक्न नगर प्रहरी खटाएपछि महानगरभित्र तनाव उत्पन्न भएको थियो । आज कुनै अवरोधबिना गुरागाईँ कार्यालय पुगेका हुन्।

हिजोको घटनामा उपमेयर सुनिता डंगोलको समन्वयमा कर्मचारी र जनप्रतिनिधिहरूले गुरागाईँलाई कार्यकक्षमा पुर्‍याएर हाजिर गराएका थिए। आज कार्यालय पुग्नासाथ उनले लामो समयदेखि रोकिएको शिक्षक र कर्मचारीको तलब निकासा प्रक्रिया अघि बढाएका छन्। महानगरका कर्मचारीले ३ देखि ५ महिनासम्म तलब नपाएको गुनासो गरिरहेका थिए ।

प्रशासकीय अधिकृतको गाडीमा मेयर साहको आदेशमा लगाइएको ह्वील लक पनि आज हटाइएको छ। अब गुरागाईँले सो गाडी प्रयोग गर्न सक्नेछन्। यद्यपि, उनलाई व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) उपलब्ध गराइएको छैन। यसअघिको पीएसओलाई अन्यत्र सरुवा गरिएको छ भने नयाँ पीएसओका लागि नगर प्रहरी प्रमुख राजु पाण्डेसँग समन्वय भइरहेको बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.