भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

प्रधानमन्त्रीको सम्बोधन संसदमा आज, रास्वपा र राप्रपाको बहिष्कारको घोषणा

प्रधानमन्त्रीको सम्बोधन संसदमा आज, रास्वपा र राप्रपाको बहिष्कारको घोषणा

काठमाडौं, १३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने तयारीमा छन् । संसद बैठकमा प्रधानमन्त्री ओलीले आसन्न चीन र भारत भ्रमणका विषयमा जानकारी गराउने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओली चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा शनिबार चीनको भ्रमणमा प्रस्थान गर्दैछन् । उक्त भ्रमण अन्तर्गत उनले साङ्घाई सहयोग संगठन (SCO) को शिखर सम्मेलनमा भाग लिने कार्यक्रम रहेको छ । चीन भ्रमणपछि भारत भ्रमणमा पनि जाने तयारी छ ।

प्रधानमन्त्रीको सम्बोधनमा लिपुलेक–कालापानी क्षेत्रको विवाद लगायत समसामयिक विषयमा सरकारको धारणा सार्वजनिक हुने अपेक्षा गरिएको छ । तर, प्रधानमन्त्रीको सम्बोधनलाई लिएर प्रतिनिधिसभामा सहज वातावरण भने देखिएको छैन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सम्बोधनको बहिष्कार गर्ने घोषणा गरेका छन् ।

रास्वपाले गृहमन्त्रीको राजीनामाको माग गर्दै लामो समयदेखि संसद अवरोध गरिरहेको छ । आजको सम्बोधनका क्रममा पनि अवरोध जारी रहने रास्वपाका प्रवक्ता मनिष झाले बताएका छन् । उनले भने, “हाम्रो अवरोध निरन्तर छ, र आज पनि रहन्छ। प्रधानमन्त्रीको सम्बोधन सुनेर बस्नेवाला छैनौं ।”

त्यसैगरी रास्वपाबाट गणेश पराजुलीले सम्बोधन गरी सबै सांसदहरू संसदबाट बाहिरिने तयारी भएको जनाइएको छ । यता राप्रपाले पनि बहिष्कारलाई निरन्तरता दिने निर्णय गरेको छ । पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले भने, “प्रधानमन्त्रीको सम्बोधनका विषयमा कुनै नयाँ निर्णय भएको छैन । बहिष्कार जारी रहन्छ ।”

 

 

 


Thali Mobile Pvt.Ltd.