भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओली : “नेपाल अब लगानीको उपयुक्त गन्तव्य हो”

स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओली : “नेपाल अब लगानीको उपयुक्त गन्तव्य हो”

काठमाडौँ, १८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनका लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न स्पष्ट आह्वान गर्नुभएको छ। नेपाली राजदूतावास म्याड्रिडद्वारा आयोजित लगानी प्रवर्धन कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री ओलीले नेपालमा लगानीको वातावरण पूर्णरूपमा तयार भइसकेको दाबी गर्नुभयो।

प्रधानमन्त्री ओलीले कानूनी, संस्थागत र प्रक्रियागत सुधार गरिसकिएको उल्लेख गर्दै नेपाल दक्षिण एसियाको लगानीका लागि सबैभन्दा अनुकूल गन्तव्य बन्ने दिशातर्फ अग्रसर रहेको बताउनुभयो।
“हामीले विभिन्न कानुन संशोधन गरेका छौँ, लगानीमैत्री नीतिहरू कार्यान्वयनमा ल्याएका छौँ। नेपाल अब लगानीका लागि पूर्ण रूपमा तयार छ,” प्रधानमन्त्री ओलीको भनाइ थियो।

उहाँले नवीकरणीय ऊर्जा, कृषि, सूचना प्रविधि, पर्यटन, स्वास्थ्य र शिक्षा लगायतका क्षेत्रमा स्पेनी लगानीकर्ताहरूका लागि अपार सम्भावना रहेको औँल्याउँदै ती क्षेत्रमा साझेदारी गर्न आग्रह गर्नुभयो।कार्यक्रममा सहभागी स्पेनी व्यवसायीहरूले नेपालको लगानी वातावरणबारे जिज्ञासा राख्दै सकारात्मक प्रतिक्रिया व्यक्त गरेका थिए। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपाल–स्पेन व्यापारिक सहकार्यलाई अझ सशक्त बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।

त्यस्तै, स्पेनको प्रमुख वाणिज्य संघ कामारा दे कमर्सियो दे स्पान्याकी प्रमुख कार्यकारी अधिकृत इन्माकुलादा रियेराले नेपालप्रति आफूहरूको सकारात्मक दृष्टिकोण रहेको उल्लेख गर्दै सम्भावित लगानीको अवसरहरूबारे चासो व्यक्त गरिन्।

उक्त कार्यक्रममा दुई देशबीच व्यापार, लगानी, प्रविधि आदान–प्रदान तथा साझेदारी विस्तार गर्न आवश्यक कदमबारे छलफलसमेत गरिएको थियो।

 


Thali Mobile Pvt.Ltd.