भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

कर्णाली प्रदेशस्तरीय उत्कृष्ट शिक्षक सम्मान: दैलेखका टेक बहादुर सिजापति र हर्क विकसहित ३० शिक्षक पुरस्कृत

कर्णाली प्रदेशस्तरीय उत्कृष्ट शिक्षक सम्मान: दैलेखका टेक बहादुर सिजापति र हर्क विकसहित ३० शिक्षक पुरस्कृत

सुर्खेत, १८ असार । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय तथा शिक्षा विकास निर्देशनालय, सुर्खेतको आयोजनामा २०८२ असार १६ र १७ गते आयोजित ‘सार्वजनिक शिक्षा सुधार तथा उत्कृष्ट शिक्षक सम्मान कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा कर्णाली प्रदेशका १० जिल्लाबाट छनोट गरिएका ३० जना उत्कृष्ट शिक्षकहरूलाई सम्मान गरिएको हो। उक्त सूचीमा दैलेख जिल्लाका दुई शिक्षकहरूले विशेष स्थान ओगट्न सफल भएका छन्। आठबीस नगरपालिका–९ स्थित पशुपति मावि छेपाडीका प्रधानाध्यापक टेक बहादुर सिजापति र चामुण्डा विन्द्रासैनी नगरपालिका अन्तर्गत हिमालय मावि तिजको डाँडाका प्रधानाध्यापक  हर्क विक उत्कृष्ट शिक्षकको रूपमा सम्मानित हुनु भएकाे हाे।

स्थानीय निकायको सहकार्य र प्रदेश सरकारको पहलमा शिक्षकको मनोबल उच्च बनाउन उक्त कार्यक्रममा प्रदेश सरकारका उच्च पदस्थ अधिकारीहरू, शिक्षा विकास निर्देशनालयका प्रतिनिधिहरू, नगरपालिका शिक्षा शाखा, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेकाे थियो।

शिक्षकहरूलाई ताम्रपत्र, प्रमाणपत्र र सम्मानपत्रसहित पुरस्कृत गरिएको हो। सम्मानित हुँदै पशुपति मावि छेपाडीका प्रधानाध्यापक टेक बहादुर सिजापतिले पनि सबैलाई धन्यवाद दिँदै भन्नुभयाे  “सार्वजनिक शिक्षाको गुणस्तर सुधारमा निरन्तर प्रतिबद्ध छु। यो सम्मानले झन् धेरै काम गर्न हौसला दिएको छ।”

हिमालय मावि तिजको डाँडाका प्रधानाध्यापक हर्क विकले भन्नुभयाे “यो सम्मान विद्यालय, समुदाय र सम्पूर्ण शैक्षिक परिवारको सामूहिक प्रयासको प्रतिफल हो। अझ मेहनतपूर्वक काम गर्न उत्प्रेरणा मिलेको छ।”

 


Thali Mobile Pvt.Ltd.