भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रधानमन्त्रीको पक्षमा एकीकृत समाजवादी

प्रधानमन्त्रीको पक्षमा एकीकृत समाजवादी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता घनश्याम भूसालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई पार्टीले विश्वासको मत दिने बताएका छन्।पत्रकारहरूसँगको कुराकानीमा भूसालले प्रचण्ड नेतृत्वको सरकारबाट पार्टीका मन्त्रीहरू फिर्ता नहुने बताए।

दाहाल नेतृत्वको संघीय सरकारमा एकीकृत समाजवादीका दुई जना मन्त्री छन्। प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० जना सांसद छन्।

नेकपा एमालेले दाहाल नेतृत्वको सरकारलाई बुधबार समर्थन फिर्ता लिएको थियो। एमालेका ८ मन्त्रीहरूले बुधबार नै पदबाट राजीनामा दिएका थिए। प्रधानमन्त्री दाहालले तत्काल पदबाट राजीनामा नदिने बरू संसद फेस गर्ने बताइरहेका छन्।

भूसालले सकेसम्म महाधिवेशनबाट सहमतिमै नेतृत्व चयन गरिने बताए।

 

 


Thali Mobile Pvt.Ltd.