भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रास्वपा पार्टीजस्तो नभई एनजीओ जस्तो भएको मुकुल ढकालको टिप्पणी

रास्वपा पार्टीजस्तो नभई एनजीओ जस्तो भएको मुकुल ढकालको टिप्पणी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले पार्टी पार्टीजस्तो नभइ एनजीओ जस्तो भएको टिप्पणी गरेका छन्। बुधबार बसेको केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदन कार्यवाहक प्रवक्ताको जिम्मेवारी सम्हालेका मनिष झाले सार्वजनिक गरेका हुन्। प्रतिवेदनमा ढकालले पार्टीमा राजनीतिक संस्कार र बुझाइमा कमी देखिएको उल्लेख गरेका छन्।

‘विभिन्न विचारबाट आएका साथीहरू हुँदा र प्रत्येक विषयमा अल्पमत र बहुमत के हुनसक्छ भनेर निर्णय गर्दा पार्टीको मूल विचार नै छायाँमा पर्‍यो। राजनीतिक पार्टीको मूल विचार एउटै हुनुपर्छ र मूल विचारको बाटोमा हिँड्दा कता कहीँ जानेमा द्विधा भएमा छलफलअनुसार निर्णय गर्नुपर्नेमा एउटा एनजिओ जसरी चल्न खोज्दा त्यसले पार्टीका कदमहरू राजनीतिक देखिन सकेन।’ प्रतिवेदनमा ढकालले लेखेका छन्, ‘ पार्टी यसै कारण तटस्थवाद, यथास्थितिवाद र तदर्थवादमा फसेको छ।’

उनले सभापतिसहितका नेताले काम गर्ने भन्दा धेरै बोलेकाले समस्या भएको पनि उल्लेख गरेका छन्।
उनले सभापतिसँग भेट्नभन्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न सजिलो रहेको पनि प्रतिवेदनमा उल्लेख गरेका छन्।

 

 


Thali Mobile Pvt.Ltd.