भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

पोखराका स्पा सेन्टरबाट आठ बालिकाको उद्धार, बाल श्रम ऐन उल्लंघनको सिफारिश

पोखराका स्पा सेन्टरबाट आठ बालिकाको उद्धार, बाल श्रम ऐन उल्लंघनको सिफारिश

पर्वत, १८ असार । पोखरा महानगरपालिकामा सञ्चालित तीनवटा ‘स्पा सेन्टर’बाट आठ जना १८ वर्षभन्दा कम उमेरका बालिकाहरूलाई प्रहरीले उद्धार गरेको छ।

कास्की जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार उद्धार गरिएको बालिकाहरूलाई बाल श्रम ऐन, २०५६ विपरीत जोखिमपूर्ण व्यवसायमा लगाइएको पाइएको छ।

उद्धार गरिएका बालिकाहरू यसरी छन्:

  • ‘पर्सल्यान स्पा’ बाट २ जना

  • ‘ताराहिल लज स्पा एण्ड ब्युटी केयर’ बाट २ जना

  • ‘इभेन्डर ब्युटी एन्ड स्पा’ बाट ४ जना

जिल्ला प्रहरी कार्यालय कास्की र पोखरा महानगरपालिकाको सामाजिक विकास शाखाबाट खटिएको टोलीले उनीहरूलाई उद्धार गरेको हो। उ

द्धार गरिएका बालिकाहरूलाई श्रम तथा रोजगार कार्यालय पोखरामा पठाइएको छ। प्रहरीले उक्त स्पा सेन्टरहरूलाई बाल श्रम ऐन उल्लंघनको आरोपमा कारबाहीका लागि सिफारिश गरेको छ।

 


Thali Mobile Pvt.Ltd.