भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

किन गयो डिप्रेसनमा प्रहरी दस्ता, सात वर्षमा ३५ जनाले गरे आत्महत्या

किन गयो डिप्रेसनमा प्रहरी दस्ता, सात वर्षमा ३५ जनाले गरे आत्महत्या

काठमाडौं । पछिल्लो सात वर्षमा ३५ जना प्रहरी कर्मचारीले आत्महत्या गरेको नेपाल प्रहरी प्रधान कार्यालयको तथ्याङ्क छ । जसमा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सम्मका कर्मचारी रहेका छन् ।

एक एसएसपी, एक प्रहरी वरिष्ठ नायब निरीक्षक वरिष्ठ सई, एक प्रहरी सहायक निरीक्षक असई, पाँच प्रहरी हबल्दार, २१ प्रहरी जवान, दुई प्रहरी कार्यालय सहयोगी प्रकास समेतले आत्महत्या गरेका छन् ।

सात वर्षकै आकडालाई केलाएर हेर्ने हो भने बर्सेनि आत्महत्या गर्नेको संख्या उकालो चढिरहेको छ । प्रहरी कर्मचारीमा देखिएको आत्महत्याको यो चित्र निकै डरलाग्दो रहेको पूर्वप्रहरी नायब महानिरीक्षक डिआइजी हेमन्त मल्लले बताए ।

एकातिर डिप्रेसनले आत्महत्याको ग्राफ बढिरहँदा अर्कातिर प्रहरी कर्मचारीमा असमयमै जागिर छाड्ने बढेका छन् । पछिल्ला पाँच आर्थिक वर्षमा पाँच हजार ९६१ प्रहरी कर्मचारीले स्वेच्छिक अवकाश लिएका छन् ।

जसमा तल्लो स्तरका कर्मचारीको संख्या अधिक छ । त्यसभन्दा माथिल्लो ओहदामा ११ जना वरिष्ठ सई, ५४ जना प्रहरी निरीक्षक, १८ जना प्रहरी नायब उपरीक्षक, ६ जना प्रहरी उपरीक्षक, दुई एसएसपी र एक डिआइजीले असमयमै स्वेच्छिक अवकाश लिएका छन् ।

राजीनामा दिने मात्रै छैनन्, ड्युटी छाडेर सम्पर्कविहीन हुने प्रहरी कर्मचारीको दर पनि उस्तै छ । प्रहरी प्रधान कार्यालयले त्यस्ता कर्मचारीका लागि बेलाबेला सार्वजनिक सूचना नै जारी गरेर सम्पर्कमा आउन आह्वान गरिरहन्छ ।

असमयमै जागिर छाड्ने यो लर्कोले प्रहरी संगठनभित्र बढ्दो असन्तुष्टि देखाउने पूर्वडिआइजी मल्ल बताउँछन् ।

 


Thali Mobile Pvt.Ltd.