भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

काठमाडौँको छुट्टाछुट्टै स्थानबाट स्कुटर चोरी गर्ने दुई जना प्रहरीको फन्दामा

काठमाडौँको छुट्टाछुट्टै स्थानबाट स्कुटर चोरी गर्ने दुई जना प्रहरीको फन्दामा

काठमाडौँ । स्कुटर चोरीमा संलग्न दुई जनालाई पक्राउ परेका छन् । काठमाडौँको छुट्टाछुट्टै स्थानबाट काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले दुइजनालाई शुक्रबार पक्राउ गरेको हो । वास्तविक नम्बर बा ८७ प १६४४ रहेको स्कुटरमा नम्बर प्लेट नराखी तार्केश्वर नगरपालिका–१० घलेपुलमा चलाइरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ घर भई हाल काठमाडौँको मनमैजु बस्ने २० वर्षीय शनिस श्रेष्ठ र रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका १३ घर भई हाल काठमाडौँको मनमैजु बस्ने १८ वर्षीय सुशान्त बुढा मगर रहेका छन् । नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

उक्त स्कुटर सामाखुसी बस्ने महेशचन्द्र खनालले तारकेश्वर नगरपालिका ९ बाट हराएको भनी निवेदन दिएका थिए । उक्त स्कुटर सुशान्त बुढा मगरले दिएको भनी खुल्न आएकाले खोजतलास गर्दै जाँदा काठमाडौँको मनमैजुबाट सुशान्तलाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

अनुसन्धानकै क्रममा अर्को स्कुटर पनि लुकाइराखेको भन्ने खुल्न आएकोले खोजतलास गर्दा तार्केश्वर नगरपालिका १० घलेपुलमै नम्बर प्लेट नै नभएको र पार्किङ गरी राखेको अवस्थामा स्कुटर फेला परेको थियो । वास्तविक नम्बर बा ९२ प ९३९५ भएको स्कुटर टोखा नगरपालिका ११ बाट हराएको भनी रामेछापका रिकी थापा मगरले निवेदन दिएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.