भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

वर्षाले प्रदूषण घटाउँनुका साथै डढेलो समेत निभायो

वर्षाले प्रदूषण घटाउँनुका साथै डढेलो समेत निभायो

काठमाण्डौ । लामो खडेरीले आजित भएका किसानलाई पानी परेपछि राहत मिलेको छ । किसानलाई राहत मात्रै होइन पानी परेपछि देशका सबैजसो ठाउँमा लागेको डढेलो समेत निभेको छ । मौसम पूर्वानुमान् महाशाखाले शनिवारसम्म नै पानी पर्ने जनाएपछि किसान झनै उत्साहित बनेका छन् ।

६ दिन अघिसम्म चार सयभन्दा धेरै ठाउँमा सक्रिय डढेलो रहेको भएपनि पानी परेपछि देशका कुनै पनि ठाउँमा डढेलो नभएको वन तथा भूसंरक्षण विभागले जनाएको छ ।
आइतवार र सोमवार परेको पानीले पूर्व र मध्य क्षेत्रको डढेलो निभाएको र पानीले तराई र पश्चिम क्षेत्रकोसमेत डढेलो निभाएको छ ।

महाशाखाकाअनुसार विहीबार कोशी, मधेश, बाग्मती र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । अरु ठाउँमा पनि हल्का पानी पर्ने महाशाखाले जनाएको छ ।

पानी परेको र डढेलो निभेका कारण वायुको गुणस्तर पनि सुधार भएको छ । वायु गुणस्तर मापन सूचक एक्यूआई एकसय भन्दा तल झरेको छ । वातावरण विभाग अन्तर्गतका सबैजसो वायु गुणस्तर मापन केन्द्रहरुमा यसअघि सबैजसो केन्द्रमा एक्यूआइ एक सय ५० भन्दा माथि थियो ।

 


Thali Mobile Pvt.Ltd.