भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कम्युनिस्ट एकताको कोसिस गर्न प्रधानमन्त्रीको आग्रह

कम्युनिस्ट एकताको कोसिस गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै कम्युनिस्टका निम्ति एकताको आधार पुष्पलाल हुन सक्ने बताएका छन् । शनिबार काठमाडौंमा पुष्पलाल जन्मशताब्दी समारोहमा उनले यस्तो बताएका हुन् ।

पुष्पलालको चर्चा गर्दा गम्भीर हुन आवश्यक रहेको उनले उल्लेख गरे । उनले पुष्पलालमा केन्द्रित भएर कम्युनिस्ट एकताको कोसिस गर्न आग्रह गरे । पुष्पलालका बारेमा पुनः एकपटक अध्ययन हुन, चिन्तन र मनन गर्न आवश्यक रहेको उनले बताए ।

दोषजति अरूको थाप्लोमा हालेर आफू दूधले नुहाएको भन्ने प्रवृत्तिले कम्युनिस्ट पार्टीलाई एकताबद्ध हुन नदिएको उनको भनाइ थियो ।

 

 


Thali Mobile Pvt.Ltd.