भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

लद्दाखमा बाढी आउँदा ५ जना भारतीय सैनिकको ज्यान गयो

लद्दाखमा बाढी आउँदा ५ जना भारतीय सैनिकको ज्यान गयो

भारतको केन्द्र शासित प्रदेश लद्दाखमा ‘एलएसी’ अर्थात् वास्तविक नियन्त्रण रेखा नजिक नदीमा अचानक बाढी आउँदा पाँच जना भारतीय सैनिकको ज्यान गएको छ । लद्दाख नजिक दौलत बेग ओल्डी क्षेत्रमा बाढी आउँदा पाँच जना सैनिकको डुबेर ज्यान गएको सेनाका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । सैनिकहरू ट्याङ्कसँग अभ्यास गर्ने क्रममा नदी तर्दै गर्दा आज पानीको सतह अचानक बढेको थियो ।

ट्याङ्कमा एक जुनियर कमिसन्ड अफिसर जेसीओ र चार जना जवान रहेका थिए । उद्धार टोली तुरुन्तै घटनास्थलमा पुगे पनि पानीको सतह बढेका कारण ट्याङ्का रहेका सैनिकलाई बचाउन नसकिएको खबरमा उल्लेख छ । यसैबीच घटनालाई लिएर केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहले दुःख व्यक्त गर्नुभएको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.