भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने |

सबैसँग विश्वासको मत माग्ने माओवादी केन्द्रको निर्णय

सबैसँग विश्वासको मत माग्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीलाई विश्वासको मत दिन सबै दल र स्वतन्त्र सांसदसँग अपिल गर्ने भएको छ। बुधबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकले दलका नेतासमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पक्षमा मत माग्ने निर्णय गरेको हो।

प्रचण्डले शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेका छन्। स्पष्ट अल्पमतमा परेपछि नयाँ समीकरणमा जोडिएका कांग्रेस र एमालेले प्रधानमन्त्रीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्दै आएका छन्। तर प्रधानमन्त्री प्रचण्ड भने संसदमा विश्वासको मत लिने तयारीमा छन्।

उनका अनुसार प्रचण्डले बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे ब्रिफिङ गरेका थिए। बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विप जारी गर्ने निर्णय पनि गरेको पाण्डेले बताए।

 

 


Thali Mobile Pvt.Ltd.