काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको हेटौँडा सबस्टेसन उद्घाटन गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले आज हेटौँडामा आयोजना गरेको कार्यक्रममा उनले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङमा निर्मित सो सबस्टेसनको उद्घाटन गरेका हुन् ।
ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौँडा सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि सञ्चालन मा ल्याइएको छ ।
मुलुकभित्रको पूर्व–पश्चिम विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र भारतसँगको विद्युत् व्यापारका लागि निर्माण गरिएको जिआइएस प्रविधियुक्त स्वचालित ढल्केबर मुलुककै पहिलो, इनरुवा दोस्रो र हेटौँडा तेस्रो ठूलो सबस्टेसन हो । हेटौँडा सबस्टेसनको निर्माण सम्पन्न भएसँगै करिब चार हजार मेगावाट विद्युत् प्रवाह गर्नसक्ने पूर्वाधार संरचना तयार भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुने भएको छ। दिउँसो १ बजेदेखि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने राजनीतिक तथा साङ्गठनिक...
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित घुर्केश गाउँमा सामुदायिक घरबास होमस्टे सञ्चालनमा ल्याएको छ । पर्यटन प्रवद्र्धनका साथै आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीयले होमस्टे सञ्चालनमा ल्याएका...
काभ्रेपलाञ्चोक । जिल्लाको पर्यटकीयस्थल भुम्लु गाउँपालिका दोलालघाट क्षेत्रमा पर्ने सुनकोशी र इन्द्रावती दुई नदीमा स्टिमर (मोटरबोट) सञ्चालनको तयारी थालिएको छ । यसका लागि सम्झौताअनुसार परीक्षण भइरहेको गाउँपालिकाले जनाएको छ...
काठमाडौं । ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत काठमाडौंमा घर जित्ने भाग्यशाली विजेताको घोषणा हुँदै छ । इसेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्स र सुरक्षित कारोबारलाई प्रोत्साहन गर्न दुई वर्षअघि उक्त अभियान घोषणा...