भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

अङ्कसहितको उत्तर पुस्तिका दिन लोक सेवा आयोगलाई आदेश

अङ्कसहितको उत्तर पुस्तिका दिन लोक सेवा आयोगलाई आदेश

काठमाडौं । लोक सेवा आयोगले अब परीक्षामा सम्मिलित प्रतिस्पर्धीहरुलाई अङ्कसहितको उत्तर पुस्तिका दिनै पर्ने भएको छ । सर्वोच्च अदालत र राष्ट्रिय सूचना आयोगको आदेश अटेर गर्दै आएको लोकसेवालाई हालै दिएको एउटा आदेशले आन्तरिक र खुला प्रतिस्पर्धामा सहभागी परीक्षार्थीको लिखित परीक्षाको उत्तर पुस्तिकाको परीक्षण अङ्कसहितको प्रमाणित प्रतिलिपि यसअघि लुकाए जस्तै गर्न नसक्ने बनाएको हो ।

आयोगका प्रमुख सूचना आयुक्त महेन्द्र मान गुरुङ तथा आयुक्तद्वय रत्नप्रसाद मैनाली र कमला ओली थापाको आदेशमा पुनरावेदक सिन्धुपाल्चोक, इन्द्रावती–४ का पूर्णप्रसाद मिश्रको माग बमोजिम सूचना दिन लोकसेवाको, केन्द्रीय कार्यालयका प्रमुखलाई भनिएको छ । आदेशमा निजले प्राप्त गरेको अन्तर्वार्ताको अङ्कसहितको प्रमाणित प्रतिलिपि समेत उपलब्ध गराउन भनिएको छ ।

‘मिति २०७८ फागुन २८ र २९ गते सञ्चालन भएको राष्ट्रिय समाचार समिति सातौँ तह सह समाचारदातारसह सम्पादक (नेपाली) पदको आन्तरिक प्रतिस्पर्धामा सहभागी निज पुनरावेदकको पहिलो र दोस्रो पत्रको लिखित परीक्षाको उत्तर पुस्तिकाको परीक्षण अङ्कसहितको प्रमाणित प्रतिलिपि’ दिन पनि आदेश भएको छ ।

सूचना आयोगले लोकसेवालाई २०८० जेठ १६ गते त्यस प्रकृतिको सूचनाको वर्गीकरण खारेज गर्न आदेश गरिसकेको थियो ।

 


Thali Mobile Pvt.Ltd.