भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सरकारले बजेटमार्फत आफ्ना नजिककालाई मात्र सम्बोधन गर्योः प्रकाशशरण महत

सरकारले बजेटमार्फत आफ्ना नजिककालाई मात्र सम्बोधन गर्योः प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले स्रोत व्यवस्थापन र खर्च प्रणालीमा बजेट केन्द्रित हुन नसकेको बताएका छन्। आगामी आर्थिक वर्ष २०८१।०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले बजेटले अर्थतन्त्रका चुनौतीहरू सामना गर्ने दिशा पक्रन नसकेको औंल्याएका हुन्।

मुख्य समस्या बजेटरी सिस्टममा रहेको महतको ठहर छ। उनले आफू अर्थमन्त्री हुँदा त्यसको सुधार थालेको भए पनि त्यसले अहिले निरन्तरता नपाएको बताए। सही ठाउँमा लगानी नगर्नाले र प्राथमिकता निर्धारण गर्न नसक्दा नेपालको अवस्था यस्तो हुन गएको डा.महतले बताए।

सरकारले बजेटमार्फत आफ्ना नजिककालाई मात्र सम्बोधन गरेको उनले टिप्पणी गरे। बजेटका आकार पनि बढाउनका लागि मात्र बढाइएको बताए। महतले ऋणको भार झन् थप्ने काम बजेटमार्फत सरकारले गरेको बताए।

 


Thali Mobile Pvt.Ltd.