भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

काठमाडौंको गेस्टहाउसबाट ७२ लाखसहित दुई जना पक्राउ

काठमाडौंको गेस्टहाउसबाट ७२ लाखसहित दुई जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–७ स्थित एक गेस्टहाउसबाट ७२ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको पौवा डुग्मा घर भई न्यूरोड बस्दै आएका ५० वर्षीय भीमसेन विश्वकर्मा र सोही ठाउँका २९ वर्षीय खेमराज विश्वकर्मा छन् ।

हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले उनीहरुलाई ७२ लाख रुपैयाँसहित पक्राउ गरेको हो । काठमाडौं–७ को लुम्बिनी खाजा घर एण्ड गेष्ट हाउसबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

बरामद रकमको अहिलेसम्म उनीहरुले स्रोत खुलाउन सकेकाले हुण्डीको कारोबारको रकम भएको आशंका प्रहरीले गरेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.