काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवन थपिएको समयसीमा भित्रै निर्माण कार्य पूरा गर्न आफूले सक्दो पहल गर्ने बताएका छन्। शुक्रवार सिंहदरबारमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायतका संघीय संसदका पदाधिकारीहरूले सो भवनको निर्माण कार्यप्रति सम्बन्धित निकायसँग चासो व्यक्त गरेपछि उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन्।
उपप्रधानमन्त्री सिंहले आफू भर्खरै मन्त्रालयमा आएकाले सम्बन्धित निकायसँग छलफल गरेर त्यसको विस्तृत विवरण सभामुख घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष दाहाललगायतका पदाधिकारीहरूलाई उपलब्ध गराउने र त्यसलाई समयमै अझ राम्रो ढंगले काम गराउन लागिपर्ने बताए।
उनले राष्ट्रिय प्राथमिकतामा रहेको सो भवन निर्माणका कार्यमा ढलाई नगरी काम गर्न पनि मातहतका निकायलाई निर्देशन दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
उत्तराखण्ड, १ असार । भारतको उत्तराखण्डस्थित केदारनाथ धाम जाँदै गरेको हेलिकप्टर आइतबार बिहान दुर्घटनामा पर्दा चालक दलसहित सबै ७ जनाको मृत्यु भएको छ। आर्यन कम्पनीको उक्त हेलिकप्टर देहरादूनबाट केदारनाथतर्फ...
काठमाडौं, १ असार । लगातारको वर्षाका कारण देशका विभिन्न नदी तथा खोलाहरूमा पानीको सतह तीव्र रूपमा बढ्दै गएको छ। धनकुटाको मछुवाघाटअन्तर्गत कोशी नदी र सिन्धुलीको रानीचुरीअन्तर्गत कमला नदीमा पानीको...
काठमाडौं, १ असार । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा चट्याङ लागेर १८ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रोल्पा, मकवानपुर, स्याङ्जा, प्यूठान,...
फिदिम, १ असार । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा बारा सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय...