भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

युरोप, अमेरिका र अस्ट्रेलियाको सूचना प्रविधि क्षेत्रमा अचानक समस्या

युरोप, अमेरिका र अस्ट्रेलियाको सूचना प्रविधि क्षेत्रमा अचानक समस्या

लन्डन । युरोप, अमेरिका र अस्ट्रेलियाको सूचना प्रविधि क्षेत्रमा अचानक शुक्रबार समस्या आएको छ । जसका कारण कम्प्युटरहरूले काम गरेका छैनन् । विमानहरू ग्राउन्डेड भएका छन् भने बैंक, टेलिकम्युनिकेसनलगायत विषयमा समस्या आएको छ ।

बेलायतको लन्डन, नेदरल्यान्डसको आर्मस्टर्डम, स्कटल्यान्ड, अस्ट्रेलिया, जर्मनीलगायत मुलुकमा हवाई सेवामा अवरोध भएको छ । बेलायतमा स्काई न्यूज अफ एयर भएको छ । बेलायतका रेल कम्पनी पनि प्रभावित भएका छन् ।

माइक्रोसफ्टको सफ्टवेयरमा समस्या भएर यस्तो अवरोध आएको जनाइएको छ । माइक्रोसफ्टले समस्याको सम्बोधनका लागि पहल भइरहेको जनाएको छ ।

अमेरिकाको अलास्काको प्रहरीले इमर्जेन्सी सर्भिसबारे अरुले काम नगरेको जनाएको छ । अमेरिकाको युनाइटेड, डेल्टा र अमेरिकन एयरलाइन्सले विश्वव्यापी रूपमा बिमान ‘ग्राउन्ड स्टप’ भनेका छन् । बीबीसी

 


Thali Mobile Pvt.Ltd.