काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सरकार व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेको बताएका छन्। आइतवार सिंहदरबारमा नेपाल जग्गा तथा आवास विकास महासंघका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा उनले यस्तो बताएका हुन्। उनले घरजग्गा व्यवसायमा रहेका समस्या पहिचान गर्नुपर्ने र नीति बनाएर अघि बढ्न आवश्यक रहेको बताए।
शहर व्यवस्थापनमा भएका समस्या पहिचान गरी व्यवस्थित गर्ने काम भइरहेको बताए। उनले शहरको विकास गर्ने क्रममा सरकार मात्रै नभई निजी क्षेत्रलाई पनि समावेश गरिने जानकारी दिए। उनले सरकार र निजी क्षेत्र मिलेर अहिलेको व्यवस्थित, स्वच्छ शहर बनाउने गरी अर्थतन्त्र चलायमान बन्ने गरी अघि बढ्न आवश्यक रहेको दावी गरे।
नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले शहरी ऐन चाँडोभन्दा चाँडो ल्याउनुपर्ने माग गरेको बताए। उनले २०६२ सालदेखि पटकपटक शहरी ऐन ल्याउने क्रममा विगत १८ वर्षमा धेरै प्रयास भए पनि ऐन आउन नसकेको बताए। अध्यक्ष लोहनीले हालसम्म ७२ वटा अपार्टमेण्ट रहेको उल्लेख गर्दै अपार्टमेण्टका कमन स्पेस र ल्याण्ड डेभलपरकै नाममा झुण्डिएर रहेको भन्दै आवास धनीहरूको नाममा ट्रान्सफर हुनुपर्ने माग गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ, वैशाख १३ – हेटौँडाबाट ठिंगन हुँदै काठमाडौँ जोड्ने प्रमुख वैकल्पिक सडकमार्ग कान्ति लोकपथ वैशाख १८ गतेदेखि दैनिक ६ घण्टाका लागि बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका...
काठमाडौँ । देशका मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा आज पनि तातो लहर (हिट वेभ) कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्ला केही दिनदेखि ती क्षेत्रहरूमा अधिकतम तापक्रम...
भक्तपुर । भक्तपुर जिल्लामा क्रियाशिल पत्रकारहरूसँग जनस्वास्थ्य कार्यालयको आयोजना गरेको अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रममा पत्रकारहरूले स्वास्थ्य र समुदायसँग सम्बन्धित विभिन्न मुद्दामा छलफल गर्दै, जनस्वास्थ्य क्षेत्रमा भएका...
काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले आज तराई–मधेशका अधिकांश जिल्लामा अत्यधिक गर्मीको सम्भावना रहेको जानकारी दिएको छ। लुम्बिनी प्रदेशका केही जिल्लामा तातो हावाको लहर चल्ने अनुमान गरिएको छ, जसले गर्मीलाई...