भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दुर्गा प्रसाई निवासबाटै पक्राउ

दुर्गा प्रसाई निवासबाटै पक्राउ

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । जिल्ला अदालत काठमाण्डौले प्रसाईँलाई पक्राउ गर्न अनुमति दिएपछि आज प्रहरीले उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी टोली उनको घर भक्तपुर पुगेपछि प्रसाईंले गेट बन्द गरेर भित्रबाट प्रहरीलाई अपशब्द बोलेका थिए । लभगभग एक घण्टासम्म पनि उनले गेट नखोलेपछि प्रहरीले पर्खालमा भर्‍याङ लगाएरै घरभित्र प्रवेश गरी पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको भन्दै उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । प्रसाईंसँगै युटुबर जीवन पाण्डे र प्रकाशचन्द्र दाहाल विरूद्ध अदालतबाट पक्राउ पुर्जी जारी छ ।

पक्राउ परेका दुर्गा प्रसाईंलाई प्रहरीले आइतबारनै अदालतमा हाजिर गराएको छ । प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.