भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

दुर्गा प्रसाई निवासबाटै पक्राउ

दुर्गा प्रसाई निवासबाटै पक्राउ

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । जिल्ला अदालत काठमाण्डौले प्रसाईँलाई पक्राउ गर्न अनुमति दिएपछि आज प्रहरीले उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी टोली उनको घर भक्तपुर पुगेपछि प्रसाईंले गेट बन्द गरेर भित्रबाट प्रहरीलाई अपशब्द बोलेका थिए । लभगभग एक घण्टासम्म पनि उनले गेट नखोलेपछि प्रहरीले पर्खालमा भर्‍याङ लगाएरै घरभित्र प्रवेश गरी पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको भन्दै उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । प्रसाईंसँगै युटुबर जीवन पाण्डे र प्रकाशचन्द्र दाहाल विरूद्ध अदालतबाट पक्राउ पुर्जी जारी छ ।

पक्राउ परेका दुर्गा प्रसाईंलाई प्रहरीले आइतबारनै अदालतमा हाजिर गराएको छ । प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.