भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

निजामती, प्रहरी, शिक्षा, मिडिया काउन्सिललगायतका विधेयक संसद विघटनसँगै रोकिए

निजामती, प्रहरी, शिक्षा, मिडिया काउन्सिललगायतका विधेयक संसद विघटनसँगै रोकिए

काठमाडौँ । प्रतिनिधिसभा विघटनसँगै संसदमा विचाराधीन रहेका ३० वटा विधेयक स्वतः निष्क्रिय भएका छन्। प्रतिनिधिसभामा उत्पत्ति भएका तथा पारित प्रक्रिया पूरा नभएका विधेयकहरू संविधानको व्यवस्था अनुसार अब निष्क्रिय ठहरिएका हुन्।

निजामती सेवा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षा, भूमि, मिडिया काउन्सिल, सूचना प्रविधि तथा साइबर सुरक्षा लगायतका विधेयक निष्क्रिय भएका संसद सचिवालयले जनाएको छ।

दुवै सदनले पारित गरिसके पनि राष्ट्रियसभाबाट आएको सन्देशमाथि प्रतिनिधिसभाले निर्णय लिन बाँकी रहेको अवस्थामा निजामती सेवा विधेयक पनि निष्क्रिय भएको छ। अन्य विधेयकहरू पनि यस्तै प्रक्रियागत कारणले निष्क्रिय भएका हुन्।

संसद सचिवालयका अनुसार अब हुने चुनावपछि गठन हुने नयाँ प्रतिनिधिसभाबाट सरकारको नीति, प्राथमिकता र आवश्यकता अनुसार पुनः विधेयक ल्याइनेछ।

 


Thali Mobile Pvt.Ltd.