भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

चाडपर्व छोडेर काम खोज्न भारत

चाडपर्व छोडेर काम खोज्न भारत

मुख्य बुँदा

दशैँ नजिकिँदै गर्दा सुदूरपश्चिममा घर फर्कनेभन्दा भारत जानेको संख्या बढी।

करन थापा परिवारसहित हिमाञ्चल प्रदेश काममा जाने तयारीमा।

बाजिलेकका २५ जनाको परिवार समेत सिमला मजदुरीमा।

स्याउ टिप्ने, दैनिक मजदुरी जस्ता कामका लागि ठूलो संख्यामा परिवारसहित भारत प्रस्थान।

दशैँमा घर फर्कन नसके पनि तिहारमा फर्कने योजना।

बेरोजगारी र गरिबीका कारण सुदूरपश्चिमका सयौँ मानिस चाडपर्वमा समेत रोजगारीका लागि भारत जान बाध्य।

कञ्चनपुर, २ असोज । हिन्दू नेपालीहरूको महान् चाड दशैँ आउन एक हप्ता मात्रै बाँकी छ । यतिबेला दशैँ मनाउनका लागि देश–विदेशबाट आफ्नो घर फर्किंदैछन् । सुदूरपश्चिममा भने दशैँको मुखमा काम खोज्दै भारत जानेहरूको लर्को छ ।

विगतमा यस बेलासम्म रोजगारीका लागि भारतमा रहेका नेपालीहरू यहाँको गड्डाचौकी नाका भएर घर फर्किने क्रम बढिसकेको हुन्थ्यो । दैनिक हजारौँको सङ्ख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक भने दृश्य देखिएको छ ।

हाल यस नाकाबाट स्वदेश आउनेभन्दा काम खोज्दै भारत जानेको सङ्ख्या बढी छ । चाडपर्वका बेला विद्यालयमा लामो बिदा हुने भएकाले अभिभावकसँगै बालबालिका पनि भारत गइरहेका देखिन्छन् ।परिवारसहित काम खोज्दै भारतको हिमाञ्चल प्रदेश जान लाग्नुभएका डोटीको जोरायल गाउँपालिका–२ का करन थापा यही मङ्गलबार गड्डाचौकी नाकामा भेटिनुभयो ।

‘साँझ–बिहान छाक टार्न समस्या छ, पैसा नभई कसरी दशैँ हुन्छ’, उहाँले भन्नुभयो, ‘पैसा भयो भने तिहार मनाउन आउँछु । यसपटक घरमा बसेर दशैँ मनाउन पाइएन ।’ थापाले दशैँको समयमा बालबच्चाको विद्यालय बिदा भएका कारण परिवारका सबैजना काम खोज्दै हिमाञ्चल प्रदेश जान लागेको बताउनुभयो ।

थापा मात्रै होइन डोटीको बाजिलेकका २५ जनाको परिवार काम खोज्दै भारतको हिमाञ्चल प्रदेश गएका छन् । बाजिलेकका मीनादेवी थापाले स्वदेशमा रोजगारी नपाएपछि श्रीमानसहित मजदुरीका लागि भारतको सिमला जान लागेको सुनाउनुभयो । ‘हाल सिमलामा स्याउ टिप्ने काम पाइने भएकाले त्यहाँ जान लागेका हौँ’, उहाँले भन्नुभयो, ‘भारतमा मजदुरी गरेर कमाएको पैसाले तिहार मनाउँछौँ, तिहारमा घर फर्किंन्छौँ ।’

लाला–बालासहित काम खोज्दै भारत जान लागेका बाजिलेककै बलबहादुर थापाले दशैँको मुखमा आफूहरू बाध्यताले विदेश जान लागेको बताउनुभयो । ‘पैसा नभई दशैँ चल्दैन, यहाँ मजदुरी गर्नसमेत नपाइएपछि के गर्नु १ एक महिना मजदुरी गरेर तिहार मनाउन फेरि गाउँ फर्किने सोच छ’, उहाँले भन्नुभयो ।

गरिबीका कारण परिवार पाल्न मुस्किल भएपछि चाडपर्वको मुखमा सुदूरपश्चिमका नाका भएर दैनिक सयौँ नेपाली रोजगारीका लागि भारत जाने गरेका छन् । कैलालीको बौनियाका कृष्ण सेरलाले विद्यालयको बिदाको समय सदुपयोग गर्न भारत जान लागेको बताउनुभयो ।

‘बुबाआमा भारतमै रोजगारी गर्नुहुन्छ, विद्यालय बिदा भएपछि म पनि उतै जान लागेको हुँ’, उहाँले भन्नुभयो । भारत सुदूरपश्चिम र कर्णाली प्रदेशका मानिसहरूका लागि रोजगारी प्रमुख गन्तव्य हो ।रासस

 


Thali Mobile Pvt.Ltd.