भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था हुनुपर्छः प्रेम सुवाल

भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था हुनुपर्छः प्रेम सुवाल

काठमाडौं । सांसद प्रेम सुवालले आर्थिक वर्ष (आव) नीति तथा कार्यक्रममा भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था गर्नेगरी संविधान संशोधन गर्नुपर्ने माग राखेका छन्। आज प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि संशोधन पेश गर्दै उनले यस्तो माग गरेका हुन् ।

सांसद सुवालले उक्त व्यवस्था गर्न संशोधन गर्नुपर्ने आवश्यक रहेको पनि बताए । बुँदा १५ र २८ मा ठूलठूला भ्रष्टाचारी र मानव अधिकारको गम्भीर उल्लंघन गर्नेलाई मृत्युदण्ड दिने संविधान संशोधन गरिने छ भनेर उल्लेख गर्नुपर्ने उनको भनाइ छ । बुँदा २० मा लघुबित्त, सहरकारी ठगी गर्नेहरूलाई जेल सजायको व्यवस्था गर्नुपर्ने,पाँच वर्षसम्म महंगी बढ्न नदिइने व्यवस्था लेख्नुपर्ने पनि सांसद सुवालले माग गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.