भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

प्रसाईंमाथि राज्यविरूद्ध र संगठित अपराध कसुरमा मुद्दा चलाउने तयारी

प्रसाईंमाथि राज्यविरूद्ध र संगठित अपराध कसुरमा मुद्दा चलाउने तयारी

राजसंस्था पुनर्स्थापनाका लागि गठन भएको संयुक्त जनआन्दोलन समितिु ले तोकेका जनकमाण्डरु दुर्गा प्रसाईंलाई राज्यविरूद्ध कसुर र संगठित अपराध कसुरमा मुद्दा चलाउने तयारी भएको छ।काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका कमाण्डरु प्रसाईं शुक्रबार पक्राउ परेका थिए।उनलाई अहिले यी दुवै मुद्दा लागे पनि अनुसन्धानको क्रममा ज्यान मुद्दामा लाग्न सक्ने जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्ता अपिलराज बोहराले जानकारी दिए।

त्योसँग थप अरू कुन कुन मुद्दा लगाउन सकिन्छ भनेर छलफल पनि भइरहेको छ,एसपी बोहराले भने।उनलाई शुक्रबार बिहान काकडभिट्टाबाट नेपाल प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएर भद्रपुर विमानस्थलबाट काठमाडौं ल्याएको थियो।राजसंस्था पुनर्स्थापना गर्न भन्दै चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो।

प्रदर्शनकारीले सुरक्षा घेरा तोडेपछि धकेलाधकेल भएको थियो। प्रसाईंले गाडी हुइँक्याउँदै सुरक्षा घेरा तोडेका थिए।प्रहरीले अश्रुग्यास, पानीका फोहरा र गोलीसमेत चलाएको थियो। तीनकुने घटनामा दुई जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए। चैत १५ गते अपराह्नदेखि प्रसाईं फरार थिए। रासस

 


Thali Mobile Pvt.Ltd.