भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सहकारीले साधारणसभा नगरेको, सदस्यहरुको बचत फिर्ता गर्न नसकेकोलगायतका समस्या भेटिए

सहकारीले साधारणसभा नगरेको, सदस्यहरुको बचत फिर्ता गर्न नसकेकोलगायतका समस्या भेटिए

भक्तपुर । भक्तपुर नगरपालिकाले सहकारी अनुगमन गरेको छ । भक्तपुर नगरपालिका सहकारी अनुगमन समितिको आयोजनामा भक्तपुर नगरपालिका वडा नं ४ मा रहेका बचत तथा ऋण सहकारी संस्थाहरुको बुधबार अनुगमन गरिएकोहो । यो ।

अनुगमनको क्रममा अनुगमन समितिका संयोजक हरिप्रसाद बासुकलाले सहकारीमा विभिन्न समस्याहरु रहेको बताउनुभयो । उहाँले पुसभित्र साधारणसभा नगरेको, सदस्यहरुलाई बचत फिर्ता गर्न नसकेको, विना धितो ऋण प्रदान गरेको, व्यवस्थापकले जथाभावी ऋण प्रदान गरेको, नियमित सञ्चालक समितिको बैठक नबसेको, कार्यक्षेत्रभन्दा बाहिरका व्यक्तिहरुसँग कारोबार गरेको, सदस्यहरुलाई सहकारी सम्बन्धी जानकारी दिने गरी कुनै गतिविधि नगरेको, केही महिनादेखि कार्यालय खोल्न नसकेकोलगायतका समस्या पाइएको जानकारी दिनुभयो ।

सहकारी अनुगमनमा सहकारी समिति सदस्यहरु श्यामसुन्दर मातां, पुरुषोत्तम तमखु, नारायणप्रसाद त्वानाबासुको सहभागीता रहको थियो ।

 


Thali Mobile Pvt.Ltd.