भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गाजामा सञ्चालित राष्ट्र संघीय मिसन बन्द गर्न माग

गाजामा सञ्चालित राष्ट्र संघीय मिसन बन्द गर्न माग

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टाइनको गाजा क्षेत्रमा सञ्चालित संयुक्त राष्ट्र संघीय मिसन,UNRAW बन्द गर्न माग गरेका छन् ।

मिसनमा कार्यरत केही कर्मचारी अक्टोबर ७ मा इजरायलमा भएको हमलामा संलग्न रहेकोले यसको विश्वसनीयता नभएको आरोप छ । सहायता निकायका अधिकारीहरु नै अपराधमा संलग्‍न रहेकोले मिसन सञ्चालन गर्नुको औचित्य नरहेको उनको तर्क छ ।

UNRAW कर्मचारीहरुको निष्पक्षताको प्रश्न उठिरहेका बेला पहिलो पल्ट क्यामेरामा बोल्दै प्रधानमन्त्री नेतान्याहुले मिसन बन्द गर्न माग गरेका हुन। इजरायलले ग्ल्च्ब्ध् मा कार्यरत १३ कर्मचारी इजरायल विरुद्धको हमलामा संलग्न रहेको आरोप लगाएको छ ।

यता अमेरिकाले पनि गाजा क्षेत्रमा सहायता जारी राख्‍न मिसनको शुद्धीकरण आवश्यक भएको बताएको छ । दाताहरुलाई विश्वासमा लिएर काम गर्न मिसनलाई शुद्ध बनाउनु पर्ने अमेरिकी अधिकारीहरुको भनाइ छ ।

गाजा क्षेत्रमा अझै इजरायली हमला जारी रहेको र अस्पताल लगायत संवेदनशील क्षेत्रमा मानवीय अवस्था दयनीय रहेको सहायता संस्थाहरुले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.