भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारी अध्ययनको निष्कर्षः नवयुवा आन्दोलन’ भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह | इरानमा अझै पनि आक्रमण गर्न बाँकी रहेको इजरायलको दाबी | राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा स्वकीय सचिव नियुक्ति विवादित | समानुपातिकतर्फ दलहरूले पेस गरेको सूचीमा निर्वाचन आयोगको रुजु प्रक्रिया सुरु | ग्यास र सवारी इन्धनको कृत्रिम अभाव गराउनेमाथि कडा कारबाही गर्ने महानगरको चेतावनी | पेट्रोलमा इथानोल मिसाउने नीति लागू, अधिकतम १०% सम्म मिश्रण गर्न सकिने | फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन | पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : आज चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना |

समानुपातिकतर्फ १ करोड ३ लाख मत गणना, रास्वपा पहिलो

समानुपातिकतर्फ १ करोड ३ लाख मत गणना, रास्वपा पहिलो

काठमाडौं, २६ फागुन । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना तीव्र रूपमा जारी रहेको छ । मंगलबार बिहानसम्म देशभर १ करोड ३ लाखभन्दा बढी मत गणना भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म १ करोड ३ लाख १० हजार ३ सय ३० मत गणना भइसकेको छ । सार्वजनिक पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा बढी मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ । रास्वपाले ४९ लाख ५८ हजार ७८१ मत प्राप्त गरेको छ । यो कुल गणना भएको मतको झण्डै आधा हिस्सा हो ।

यसैगरी नेपाली कांग्रेस १६ लाख ७६ हजार ३१० मतसहित दोस्रो स्थानमा रहेको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) १३ लाख ९१ हजार ६९८ मतसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ५४ हजार ४७३ मत प्राप्त गरेको छ । श्रम संस्कृति पार्टी ३ लाख ४८ हजार १७८ मतसहित पाँचौँ स्थानमा रहेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ३ लाख २३ हजार ९९ मतसहित छैटौँ स्थानमा रहेको छ ।

एक लाखभन्दा बढी मत प्राप्त गर्ने अन्य दलहरूमा जनता समाजवादी पार्टी नेपालले १ लाख ७० हजार १३१ मत र राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ६५ हजार १०० मत प्राप्त गरेका छन् । यसैगरी जनमत पार्टीले ७५ हजार ७३५ मत, चकिया (जाँतो) चुनाव चिन्हबाट चुनाव लडेको गठबन्धनले ६० हजार ५५१ मत र नेपाल मजदुर किसान पार्टीले ४१ हजार ८९४ मत प्राप्त गरेका छन् ।

प्रणालीमा प्रविष्ट विवरणअनुसार राष्ट्र निर्माण दल नेपालले ३७ हजार ८६२ मत, राष्ट्रिय जनमोर्चाले २९ हजार २२६ मत, नेपाल जनता संरक्षण पार्टीले २६ हजार ९९४ मत प्राप्त गरेका छन् । साथै प्रगतिशील लोकतान्त्रिक पार्टीले २३ हजार ४७९ र नेपाल कम्युनिस्ट पार्टी माओवादीले २३ हजार २६४ मत प्राप्त गरेका छन् ।