भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

कम्बोडियाबाट २१ नेपालीको उद्धार, अनलाइन स्क्यामिङ केन्द्रबाट स्वदेश फिर्ता

कम्बोडियाबाट २१ नेपालीको उद्धार, अनलाइन स्क्यामिङ केन्द्रबाट स्वदेश फिर्ता

मुख्य बुँदा

अनलाइन स्क्यामिङ केन्द्रबाट २१ नेपालीको उद्धार

बैंककस्थित नेपाली दूतावासको पहलमा स्वदेश फिर्ता

अवैधरूपमा क्यासिनो तथा ठगी केन्द्रमा काम लगाइएको

राहदानी जफत गरेर गैरकानूनी काममा लगाउने गरिएको खुलासा

अन्य अलपत्र नेपालीको उद्धार प्रयास जारी

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह

काठमाडौँ, ३० फागुन  । प्रलोभनमा परेर कम्बोडिया पुगेका २१ जना नेपाली नागरिकको उद्धार गरिएको छ। उनीहरूलाई अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा काम लगाइएको र केही बिना भिसा बसिरहेको अवस्थामा फेला परेपछि उद्धार गरिएको हो।

थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासको पहल तथा कम्बोडिया सरकारको सहयोगमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा उनीहरूलाई आज स्वदेश फर्काइएको जनाइएको छ।

दूतावासका अनुसार स्क्यामिङ केन्द्रमा काम लगाइएका नेपालीहरूको राहदानी सम्बन्धित कम्पनीहरूले जफत गर्ने गरेको पाइएको छ। अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीलाई स्वदेश फर्काउने पहल पनि जारी रहेको दूतावासले जनाएको छ।

नेपाल सरकारले तोकेका मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा छिटो र धेरै पैसा कमाउने प्रलोभनमा परेर कम्बोडिया, लाओस, म्यानमार, थाइल्यान्डलगायत देशमा भ्रमणको बहानामा नजान दूतावासले आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.