भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कम्बोडियाबाट २१ नेपालीको उद्धार, अनलाइन स्क्यामिङ केन्द्रबाट स्वदेश फिर्ता

कम्बोडियाबाट २१ नेपालीको उद्धार, अनलाइन स्क्यामिङ केन्द्रबाट स्वदेश फिर्ता

मुख्य बुँदा

अनलाइन स्क्यामिङ केन्द्रबाट २१ नेपालीको उद्धार

बैंककस्थित नेपाली दूतावासको पहलमा स्वदेश फिर्ता

अवैधरूपमा क्यासिनो तथा ठगी केन्द्रमा काम लगाइएको

राहदानी जफत गरेर गैरकानूनी काममा लगाउने गरिएको खुलासा

अन्य अलपत्र नेपालीको उद्धार प्रयास जारी

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह

काठमाडौँ, ३० फागुन  । प्रलोभनमा परेर कम्बोडिया पुगेका २१ जना नेपाली नागरिकको उद्धार गरिएको छ। उनीहरूलाई अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा काम लगाइएको र केही बिना भिसा बसिरहेको अवस्थामा फेला परेपछि उद्धार गरिएको हो।

थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासको पहल तथा कम्बोडिया सरकारको सहयोगमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा उनीहरूलाई आज स्वदेश फर्काइएको जनाइएको छ।

दूतावासका अनुसार स्क्यामिङ केन्द्रमा काम लगाइएका नेपालीहरूको राहदानी सम्बन्धित कम्पनीहरूले जफत गर्ने गरेको पाइएको छ। अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीलाई स्वदेश फर्काउने पहल पनि जारी रहेको दूतावासले जनाएको छ।

नेपाल सरकारले तोकेका मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा छिटो र धेरै पैसा कमाउने प्रलोभनमा परेर कम्बोडिया, लाओस, म्यानमार, थाइल्यान्डलगायत देशमा भ्रमणको बहानामा नजान दूतावासले आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.