भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गहुँको समर्थन मूल्य निर्धारण प्रस्ताव उद्योग मन्त्रालयमा, मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्ने

गहुँको समर्थन मूल्य निर्धारण प्रस्ताव उद्योग मन्त्रालयमा, मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्ने

मुख्य बुँदा

गहुँको समर्थन मूल्य निर्धारणका लागि प्रस्ताव उद्योग मन्त्रालयमा

१० जिल्लामा स्थलगत अध्ययनपछि लागत विश्लेषण

बीउ, मल, श्रम र मुद्रास्फीतिका आधारमा मूल्य प्रस्ताव

मन्त्रिपरिषद् बैठकले अन्तिम निर्णय गर्ने

सरकारी मूल्यमा खाद्य व्यवस्था कम्पनीमार्फत् खरिद

गत वर्ष प्रतिक्विन्टल ३,८६७ रुपैयाँ समर्थन मूल्य

काठमाडौँ, ३० फागुन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको न्यूनतम समर्थन मूल्य निर्धारणका लागि आवश्यक प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रस्ताव पठाएको छ।

किसानलाई गहुँको उचित मूल्य सुनिश्चित गर्न कृषि विभागमार्फत् विभिन्न १० जिल्लामा स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारिएको थियो। अध्ययनका क्रममा उत्पादन लागत, बीउ, मल, श्रम, मुद्रास्फीति तथा बजार मूल्यको विश्लेषण गर्दै लागत आधारमा समर्थन मूल्य प्रस्ताव गरिएको विभागले जनाएको छ।

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार स्थलगत अध्ययनपछि तयार गरिएको सिफारिस कृषि मन्त्रालयमार्फत् थप छलफलका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरिएको हो। उद्योग मन्त्रालयले उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्नेछ। सम्पूर्ण प्रक्रिया पूरा भएपछि मन्त्रिपरिषद् बैठकले गहुँको समर्थन मूल्य अन्तिम रूपमा निर्धारण गर्नेछ।

गत आर्थिक वर्ष २०८१/८२ मा गहुँको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ८ सय ६७ रुपैयाँ तोकिएको थियो। हरेक वर्ष लागतअनुसार केही रकम बढाएर मूल्य निर्धारण गरिने प्रचलन रहेको मन्त्रालयले जनाएको छ।

सरकारले तोकेको समर्थन मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत् गहुँ खरिद गरिने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो।

 


Thali Mobile Pvt.Ltd.