भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

यातायात व्यवसायीको आन्दोलन स्थगित भएसँगै सार्वजनिक यातायात सञ्चालनमा

यातायात व्यवसायीको आन्दोलन स्थगित भएसँगै सार्वजनिक यातायात सञ्चालनमा

काठमाण्डौ, २१ जेठ । गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ नियमावली’ एक महिनाका लागि स्थगन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगन गरेका छन्।

यससँगै दुई दिनदेखिको सवारी ठप्पी हट्दै गएरातिदेखि नै सार्वजनिक गाडीहरू सञ्चालनमा फर्किएका छन्। यसअघि सोमवार मध्यरातमा सरकार र यातायात व्यवसायीबीच सहमति भए पनि त्यसको कार्यान्वयन नभएको भन्दै मंगलवार दिनभर सार्वजनिक गाडी नचलेको थियो, जसका कारण यात्रुहरूले दु:ख भोग्नु परेको थियो।

हिजो बेलुका बसेको बैठकले आन्दोलन फिर्ता लिने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिनुभयो।गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ नियमावली’ स्थगन गरेपछि व्यवसायीहरू आन्तरिक छलफलमा बसेका थिए र अन्ततः हाललाई हडताल स्थगन गर्ने निर्णयमा पुगेका हुन्।

सरकार र व्यवसायीबीच भएका वार्ताहरूको निष्कर्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत गण्डकी प्रदेश सरकारलाई पठाइएको थियो, र त्यसकै आधारमा नियमावली एक महिनाका लागि रोकिने निर्णय गरिएको हो।

 


Thali Mobile Pvt.Ltd.