भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

पुष्पलाल राजमार्गमा मन्थली–खिम्ती सडक भासिएर आवतजावत ठप्प

पुष्पलाल राजमार्गमा मन्थली–खिम्ती सडक भासिएर आवतजावत ठप्प

रामेछाप, ४ भदौ । पुष्पलाल राजमार्ग अन्तर्गत मन्थली–खिम्ती सडक आज बिहानदेखि पूर्णरूपमा अवरुद्ध भएको छ । लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङ हलेदे नजिकै झन्डै २० मिटर सडक भासिएपछि यातायात बन्द भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक (डीएसपी) भोलाकुमार भट्टका अनुसार तामाकोशी नदीले सडक तलको जमिन कटान गरेपछि उक्त स्थान भासिएको हो । सडक भासिएपछि मन्थली हुँदै दोलखासहितका विभिन्न गाउँपालिकातर्फ आवतजावत गर्ने सवारी साधन रोकिएका छन् ।

यस सडक हुँदै उमाकुण्ड, गोकुलगङ्गा, लिखु तामाकोशी लगायतका गाउँपालिकाबाट छुट्ने यात्रुबाहक बस तथा अन्य सवारी साधन सञ्चालन हुँदै आएका थिए ।

छिमेकी जिल्ला दोलखा हुँदै काठमाडौँ आवतजावत गर्नुभन्दा छोटो दूरी पर्ने भएकाले धेरै यात्रुले यही मार्गलाई प्राथमिकता दिने गरेका थिए । सडक अवरुद्ध भएपछि यात्रुहरू समस्यामा परेका छन् । अहिले सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.