भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

भारतमा पुटिन: अमेरिकाको दोहोरो नीतिमाथि कडा प्रहार

भारतमा पुटिन: अमेरिकाको दोहोरो नीतिमाथि कडा प्रहार

काठमाडौं, १९ मंसिर । भारत भ्रमणका क्रममा रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले इन्धन व्यापारमा अमेरिकाले अपनाएको ‘दोहोरो नीति’ प्रति कडा असन्तुष्टि व्यक्त गरेका छन् ।

नयाँदिल्लीमा एउटा निजी भारतीय समाचार च्यानलसँगको अन्तर्वार्तामा पुटिनले अमेरिकाले रुसबाट युरेनियम किन्नु तर भारतलाई रूसी ऊर्जा आयात घटाउन दबाब दिनु अनुचित भएको टिप्पणी गरे । पुटिनले भने, ‘यदि अमेरिकालाई रुसबाट इन्धन खरिद गर्ने अधिकार छ भने भारतले पनि त्यही अधिकार पाउनु पर्छ ।’ उनले आवश्यक परे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग यो विषयमा थप छलफल गर्न तयार रहेको बताए ।

चार वर्षपछि भारत पुगेका पुटिनलाई दिल्लीको पालम एयरपोर्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यक्तिगत रूपमा स्वागत गरेका थिए ।

तेल आयातमा गिरावट र अमेरिकी दबाब

अमेरिकाले २५ प्रतिशत रेसीप्रोकल ट्यारिफका साथै रूसी तेल आयातमा भारतमाथि अतिरिक्त २५ प्रतिशत शुल्क लगाएको छ । यसले भारतका लागि रूसी तेल आयात महँगो र चुनौतीपूर्ण बनेको छ । पछिल्लो तथ्याङ्कअनुसार अक्टोबर २०२५ मा भारतको रूसी तेल आयात ३० प्रतिशतले घटेको छ ।

यद्यपि, पुटिनले भारत–रुस ऊर्जा साझेदारी स्थिर रहेको र अस्थायी परिवर्तन वा युक्रेन युद्धका कारण प्रभावित नहुने दाबी गरे ।

ट्रम्प प्रशासनले भारतलाई पुटिनलाई अप्रत्यक्ष रूपमा ‘मदत’ गरेको आरोप लगाउँदै आएको छ, जुन भारतले बारम्बार अस्वीकार गरेको छ ।

मोदीप्रति पुटिनको प्रशंसा

पुटिनले भारतसँग व्यापार सन्तुलन सुधार्न रुस थप भारतीय सामान किन्नेतर्फ अघि बढिरहेको बताए । उनले भारत र चीनलाई विश्वासिलो मित्रका रूपमा उल्लेख गरे ।

प्रधानमन्त्री मोदीको प्रशंसा गर्दै पुटिनले भने, ‘मोदी विश्वसनीय नेता हुन् । भारत भाग्यमानी छ कि उसले यस्तो समर्पित नेता पाएको छ ।’

अमेरिकी दबाबको प्रभाव ?

थिंक ट्याङ्क जीटीआरआईका प्रमुख अजय श्रीवास्तवका अनुसार अक्टोबर २०२५ मा रुसबाट भारतको कुल आयात २७.७ प्रतिशतले घटेर ४.८ अर्ब डलरमा झरेको छ । प्रतिबन्धमा नपरेका केही रूसी कम्पनीबाट मात्र भारतले तेल आयात जारी राखेको उनले बताए ।

उनका अनुसार, भारतले ‘उपभोक्ता हितलाई प्राथमिकता’ दिने नीति अपनाउँदै अमेरिकी अपेक्षाअनुसार केही कदम चालिरहेको संकेत देखिन्छ ।

 


Thali Mobile Pvt.Ltd.