भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा कटन क्याण्डी नखान आग्रह

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा कटन क्याण्डी नखान आग्रह

काठमाडौँ । कटन क्याण्डी नखान आग्रह गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अखाद्य रङ ‘रोडामाइन वी’को प्रयोग गरिएकाले कटन क्याण्डी नखान आग्रह गरेको हो ।

खुला बिक्री वितरण गरिरहेका कटन क्यान्डीको उपभोग नगर्न र आफ्ना बालबालिकालाई नदिनसमेत विभागले आग्रह गरेको छ ।  विभागले अखाद्य रङ्गको प्रयोग गरी कटन क्यान्डी उत्पादन तथा बिक्री वितरण नगर्न रनगराउनसमेत सबैलाई अनुरोध गरेको छ। 

काठमाडौँ विभिन्न स्थानका सडकपेटी, मेलाबजारमा बेच्न राखिएका रङ्गिन कटन क्याण्डीमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने खालका अखाद्य रङ रोडामाइन वीको प्रयोग गरिएकाले नखान आग्रह विभागले जनाएको छ । कटन क्यान्डीले दाँतमा कीरा लाग्ने, तौल बढाउने, स्मरण शक्तिमा कमी, पिसाबमा रङ देखिनेलगायत समस्या हुने गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.