भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरद्वारा पहिलो ६ महिने प्रगति विवरण सार्वजनिक (भिडियो)

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरद्वारा पहिलो ६ महिने प्रगति विवरण सार्वजनिक (भिडियो)

भक्तपुर । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरले प्रगति विवरण सार्वजनिक गरेको छ । शुक्रबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरले पहिलो ६ महिनाको प्रगति विवरण सार्वजनिक गरेको हो । सार्वजनिक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले आयुर्वेद उपचारप्रति जिल्लाबासीको विश्वास वढेकोमा खुशी व्यक्त गर्दै केन्द्रलाई बधाईसमेत दिनुभयो ।जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरद्वारा पहिलो ६ महिनाको प्रगति विवरण सार्वजनिक

उहाँले केन्द्रलाई प्रदान गरिने जग्गाबारे केही दिनमा टुंगो लाग्ने जानकारी दिनुभयो । ६ महिनाको प्रगति विवरण जिल्ला प्रत्रकारहरु माझ सार्वजनिक गर्दै केन्द्रका प्रमुख डाक्टर नरेन्द्रप्रसाद गिरीले ६ महिनामा केन्द्रले सार्थकता हुने गरी प्रगति गरेको जानकारी दिनुभयो । उहाँले केन्द्रमा आएर उपचार गर्न आउनेहरुको संख्या वार्षिक रुपमा वढ्दो रहेको बताउनुभयो ।

तथ्यांक अनुसार जिल्लामा चालू आर्थिक वर्षको ६ महिनामा कुल ४२ हजार आठ सय २८ जनाले केन्द्रबाट सेवा पाएका छन् । आयुर्वेद स्वास्थ्य केन्द्रबारे भक्तपुरबासीहरुको विश्वास वढाउँन अच्चमको पर्व चोकचोकमा माटाका भाँंडाहरु फुटाउने पर्व समेत मनाएको जानकारी दिनुभयो ।

भिडियो…


प्रमुख डाक्टर गिरीले विरामीको सहजताका लागि केन्द्रले नै सहज औषधि वितरणका लागि औषधि वितरण गर्दै आएको बताउँदै नाफा नलिने उद्देश्यका साथ सञ्चालित औषधि विक्री केन्द्रबाट १० प्रतिशत छुटमा औषधिको विक्रीवितरणको सेवा समेत दिइरहेको बताउनुभयो ।
केन्द्रबाट ६ महिनामा सेवा लिने ४२ हजार आठ सय २८ जना मध्ये २४ हजार चार सय ४३ महिला र १६ हजार ६ सय ४० जना पुरुष रहेका छन् ।

केन्द्रमा स्वास्थ्य परीक्षणपछि २६ थरीको औषधि निःशुल्क पाउने वितरण गर्ने गरिएको डा गिरीले बताउनुभयो । केन्द्रको मुख्य कार्यालय भक्तपुरको कमलविनायकमा रहेको केन्द्र व्यवस्थापन समितिका अध्यक्ष राजुप्रसाद अधिकारीले जानकारी दिनुभयो । अध्यक्ष अधिकारीले केन्द्रको आफ्नै भबनका लागि प्रयास जारी रहेको बताउँनुभयो ।

 


Thali Mobile Pvt.Ltd.