भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

डिआइजी मनोज केसीको सरुवाबारे रास्वपाको प्रश्न

डिआइजी मनोज केसीको सरुवाबारे रास्वपाको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्ने प्रहरी अधिकारीलाई सरुवा गरेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकको आकस्मिक समयमा ढकालले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गरिरहेका मनोज केसीलाई सरुवा गरेको भन्दै आपत्ति जनाएका हुन् ।

अब्बल राष्ट्रसेवक कर्मचारी डिआइजी केसीलाई आफ्नो स्वार्थ नमिल्दा सरुवा गरिएको उनले आरोप लगाए । उनले वर्तमान सरकार गठन भएपछि मन्त्रिपरिषद् र प्रादेशिक मन्त्रीहरू नियुक्तिदेखि प्रहरी अधिकारीको सरुवासम्मको काम हेर्दा सरकारको उद्देश्यको श्रृंखला देखिन थालेको जिकिर गरे ।

ढकालले बेथितिका कुराहरूलाई सदनमा प्रस्तुत गर्दा नातिनातिनाको संज्ञा दिएको उनले बताए । आफूहरू अपुताली खाने नातिनातिना नभएको भन्दै उनले डिठ्ठा र काजीसावका रबैयाहरूलाई खबरदारी गर्ने अव्वल सक्षम र पढेलेखेका नातिनातिनाका भएको जिकिर गरे ।

त्यसपछि आफ्नो भनाइलाई निरन्तरता दिएका रास्वपा सांसद ढकालले राष्ट्र बैंकको मौद्रिक नीति हेर्दा नियामकहरूको चाबी अर्थ मन्त्रालयमा राख्ने र आफूले पायक पर्दा खोलिने गरेको देखिएको टिप्पणी गरे ।

 


Thali Mobile Pvt.Ltd.