भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

नेपालको उडान सुरक्षाको बाधक नै ‘स्वार्थको द्वन्द्व’ होः शिशिर खनाल

नेपालको उडान सुरक्षाको बाधक नै ‘स्वार्थको द्वन्द्व’ होः शिशिर खनाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले नेपालको उडान सुरक्षाको सबैभन्दा ठूलो बाधक नै ‘स्वार्थको द्वन्द्व’ रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको विशेष समयमा उनले यस्तो बताएका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आफैँ विमानस्थल बनाउने‚ चलाउने र त्यससँग सम्बन्धित व्यवसाय पनि गर्ने गरेकाले समस्या आएको उनले बताए । उनले उड्डयनसँग सम्बन्धित तालिम, सर्टिफिकेट र नियमनसँग सम्बन्धित सबै काम पनि प्राधिकरणले गर्ने गरेकोप्रति आपत्ति जनाए ।

सांसद खनालले प्राधिकरणको बजेटको ८ प्रतिशको हाराहारीमा मात्रै नियमनसँग सम्बन्धित भएकामा पनि प्रश्न उठाए । उनले क्यानलाई सेवा प्रदायक र नियमनकारी निकाय गरी दुई अलग संस्थाका रूपमा अलग्याउने उद्देश्यसहित २०७६ मा राष्ट्रियसभामा विधेयक दर्ता भएको भन्दै त्यो विधेयक किन पारित नगरेको भनेर प्रश्न गरे ।

 


Thali Mobile Pvt.Ltd.