काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले नेपालको उडान सुरक्षाको सबैभन्दा ठूलो बाधक नै ‘स्वार्थको द्वन्द्व’ रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको विशेष समयमा उनले यस्तो बताएका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आफैँ विमानस्थल बनाउने‚ चलाउने र त्यससँग सम्बन्धित व्यवसाय पनि गर्ने गरेकाले समस्या आएको उनले बताए । उनले उड्डयनसँग सम्बन्धित तालिम, सर्टिफिकेट र नियमनसँग सम्बन्धित सबै काम पनि प्राधिकरणले गर्ने गरेकोप्रति आपत्ति जनाए ।
सांसद खनालले प्राधिकरणको बजेटको ८ प्रतिशको हाराहारीमा मात्रै नियमनसँग सम्बन्धित भएकामा पनि प्रश्न उठाए । उनले क्यानलाई सेवा प्रदायक र नियमनकारी निकाय गरी दुई अलग संस्थाका रूपमा अलग्याउने उद्देश्यसहित २०७६ मा राष्ट्रियसभामा विधेयक दर्ता भएको भन्दै त्यो विधेयक किन पारित नगरेको भनेर प्रश्न गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पोखरा । पोखरा महानगरपालिकाका अधिकृत कपिल गिरीविरुद्ध घुससहित पक्राउ परेपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। गिरीले अख्तियारमा उजुरी परेको नक्कली विवरण देखाएर आफ्नै कार्यालयका कर्मचारीसँग २५ हजार...
काठमाण्डौ । तीन जना बालबालिका धनुषामा मृत भेटिएका छन् । धनुषाको शहीदनगर नगरपालिका–५ यदुकोहामा एकै परिवारका तीन जना बालबलिका मृत भेटिएका हुन । सुशील साहका ६ वर्षीय छोरा आदित्य,...
सुर्खेत। कर्णाली प्रदेश सरकारको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षामा विकास बजेटको जम्मा २०% (३ अर्ब ९३ करोड) मात्र खर्च भएको छ। १८ अर्ब ७५ करोडको बजेटमध्ये ८०% खर्च...
भक्तपुर, ८ बैशाख । ‘नयाँ वर्ष, नयाँ सोच, युवाहरुको लागि प्रगतिको स्रोत’ भन्ने नाराका साथ आयोजित नवौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१/०८२ मा करिब ३ लाख...