भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

राष्ट्रिय मानव अधिकार आयोगद्वारा कारागार व्यवस्थापन सुधार गर्न नेपाल सरकारलाई निर्देशन

राष्ट्रिय मानव अधिकार आयोगद्वारा कारागार व्यवस्थापन सुधार गर्न नेपाल सरकारलाई निर्देशन

काठमाडौँ, २८ साउन । राष्ट्रिय मानव अधिकार आयोगले कारागार व्यवस्थापनमा सुधार गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ। आयोगले कारागारभित्रको प्रशासनिक कार्य पारदर्शी बनाउन, कैदीबन्दीप्रति मानवीय व्यवहार सुनिश्चित गर्न र सम्पूर्ण कारागारलाई मानव अधिकारमैत्री बनाउन आग्रह गरेको हो।

रूपन्देही, कैलालीसहित देशभरका कारागारमा क्षमता अभिवृद्धि, पर्याप्त जनशक्ति र बजेट व्यवस्था, सुरक्षा व्यवस्थामा सुधार र कैदीबन्दी स्थानान्तरण प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्न निर्देशन गरिएको छ।

आयोगको अनुगमनमा कैलाली कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, पटक–पटक हुने झडप रोक्न पहलको कमी, न्यून सुरक्षा बल, प्रविधियुक्त सुरक्षा व्यवस्थाको अभाव, र पारदर्शिता नहुँदा कैदीबीच भिडन्त हुने समस्या पाइएको छ।

रूपन्देही कारागारको अनुगमनमा पनि क्षमताभन्दा बढी कैदीबन्दी, ज्येष्ठ नागरिक र बिरामीका लागि छुट्टै ठाउँको अभाव, शिक्षाको अभाव, सामाजिक सुरक्षा भत्ता नपाउने समस्या, र आधारभूत आवश्यकता पूरा गर्न बजेटको कमी पाइएको आयोगले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.