भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

देशभर मनसुन सक्रिय : सातै प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना

देशभर मनसुन सक्रिय : सातै प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौँ, २८ साउन । सातै प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्न सक्ने र एक/दुई ठाउँमा अति ठूलो पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

न्यून चापीय रेखा तराई आसपास रहेकाले मनसुन सक्रिय रहँदा कोशी, मधेश, बागमतीका केही स्थानमा तथा बाँकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गएराति झापा, उदयपुर, बाँके, डोटीमा ठूलो वर्षा भएको थियो।

आज राति गण्डकी र कर्णालीका पहाडी भाग, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भागमा मध्यम वर्षा र केही ठाउँमा ठूलोदेखि अति ठूलो वर्षा हुने सम्भावना छ।

नदी किनार, डुबान सम्भावित क्षेत्र र पहिरो जोखिमयुक्त भूभागमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। भोलि र पर्सि वर्षा केही घट्ने अनुमान छ।

 


Thali Mobile Pvt.Ltd.