भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

देशभर मनसुन सक्रिय : सातै प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना

देशभर मनसुन सक्रिय : सातै प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौँ, २८ साउन । सातै प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्न सक्ने र एक/दुई ठाउँमा अति ठूलो पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

न्यून चापीय रेखा तराई आसपास रहेकाले मनसुन सक्रिय रहँदा कोशी, मधेश, बागमतीका केही स्थानमा तथा बाँकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गएराति झापा, उदयपुर, बाँके, डोटीमा ठूलो वर्षा भएको थियो।

आज राति गण्डकी र कर्णालीका पहाडी भाग, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भागमा मध्यम वर्षा र केही ठाउँमा ठूलोदेखि अति ठूलो वर्षा हुने सम्भावना छ।

नदी किनार, डुबान सम्भावित क्षेत्र र पहिरो जोखिमयुक्त भूभागमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। भोलि र पर्सि वर्षा केही घट्ने अनुमान छ।

 


Thali Mobile Pvt.Ltd.