भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

रवि लामिछाने–छविलाल जोशीको मुद्दामा उच्च अदालतको सुनुवाइ स्थगित

रवि लामिछाने–छविलाल जोशीको मुद्दामा उच्च अदालतको सुनुवाइ स्थगित

बुटवल,  ४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी तथा गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीसम्बन्धी मुद्दा आज उच्च अदालत बुटवलमा तोकिएको भए पनि सुनुवाइ स्थगित गरिएको छ ।

गोलाप्रथाबाट ३ नम्बर इजलासमा परेका यो मुद्दामा न्यायाधीश मिलनकुमार राई र सानुमाया डङ्गोलको संयुक्त पेसी बस्ने तय थियो । तर रवि लामिछाने पक्षका कानुन व्यवसायीले दर्ता गरेको निवेदनपछि सुनुवाइ तत्कालका लागि रोकिएको उच्च अदालतका उपरजिष्टार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए ।

यसअघि गत हप्ता अदालतले मुद्दाको मूल मिसिल झिकाउन आदेश दिएको थियो । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका लामिछानेले सहकारीमा भएको अपचलनअनुसार आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि रुपन्देही जिल्ला अदालतले साउन २६ मा उनलाई जमानतमा छाड्न अस्वीकार गरेको थियो । उक्त आदेशविरुद्ध उनले भदौ ९ गते उच्च अदालतमा पुनर्विचारका लागि निवेदन दिएका थिए । 

अदालतले लामिछाने र जोशी दुबैको मुद्दा एउटै साथमा छिनोफानो गर्ने निर्णय पहिले नै गरिसकेको छ । स्थगित सुनुवाइ कहिले पुनः तोकिने भन्नेबारे भने अदालतले समय सार्वजनिक गरेको छैन ।