भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

लुम्बिनी विकास कोषका सदस्य – सचिव खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न माग, स्थानीयको आन्दोलन चेतावनी

लुम्बिनी विकास कोषका सदस्य – सचिव खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न माग, स्थानीयको आन्दोलन चेतावनी

बुटवल, ४ मंसिर । बुद्ध जन्मस्थल लुम्बिनीसम्बन्धी सरोकार राख्ने स्थानीय अगुवाहरूले लुम्बिनी विकास कोषका सदस्य – सचिव पद खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न सरकारलाई आग्रह गरेका छन् । विगतमा राजनीतिक पहुँच र दलगत प्रभावका आधारमा मनपरी नियुक्ति हुँदै आएको भन्दै उनीहरूले जेन–जी आन्दोलनपछि बनेको सरकारले यस्ता गल्ती दोहोर्याउनु नहुने चेतावनी दिएका छन् ।

उनका अनुसार, बिना प्रतिस्पर्धा हुने राजनीतिक नियुक्तिले सुशासन, पारदर्शिता र जवाफदेहिता कमजोर बनाएको छ, साथै आर्थिक अनियमितता र अनावश्यक कर्मचारी नियुक्ति जस्ता समस्या बढाएको छ । २०७४ सालमा पहिलोपटक खुला प्रतिस्पर्धाबाट २२ जनाबीच प्रतिस्पर्धा गराई अजितमान तामाङलाई सदस्य–सचिव नियुक्त गरिएको उदाहरण पनि सरोकारवालाहरूले अघि सारे। त्यसयता भने सरकारले पुनः राजनीतिक नियुक्ति गर्दै आएको आरोप छ ।

असोज २२ गतेदेखि पद रिक्त छ। तत्कालीन सदस्य–सचिव सानुराजा शाक्यको पाँच वर्षे कार्यकाल समाप्त भएपछि कोषका १०औँ तहका वरिष्ठ निर्देशक ज्ञानिन राई कायममुकायम सदस्य – सचिवका रूपमा कार्यरत छन् । लुम्बिनी बचाउ महाअभियानका संयोजक अक्रम खान, लुम्बिनी विकास मञ्चका अध्यक्ष सन्दीप गुप्ता र स्थानीय युवा अगुवा अर्जुन कुर्मीलगायतले खुला प्रतिस्पर्धाबाटै सदस्य–सचिव नियुक्त गर्नुपर्ने र योग्य भए स्थानीयलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

उनीहरूले स्पष्ट चेतावनी दिएका छन् – यदि फेरि राजनीतिक नियुक्ति गर्न खोजियो भने स्थानीयवासी आन्दोलनमा उत्रिन बाध्य हुनेछन् । लुम्बिनी धार्मिक स्थल मात्र नभई प्रदेशकै आर्थिक मेरुदण्ड भएकाले विषयविज्ञ, सक्षम र अन्तर्राष्ट्रिय पहुँच भएका व्यक्तिलाई प्रतिस्पर्धा प्रक्रियामार्फत छान्नुपर्ने उनीहरूको माग छ ।

 

 


Thali Mobile Pvt.Ltd.