भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

बाँदरको दुःखले बेसार खेती

बाँदरको दुःखले बेसार खेती

मुख्य बुँदाहरू:

  • रामेछाप चिसापानीका किसानले बाँदरको आक्रमणपछि मकै खेतीबाट बेसार खेतीमा स्विच गरेका छन्।

  • बेसार खेतीले राम्रो आर्थिक लाभ भइरहेको छ र स्थानीय बजारमा यसको मूल्य रु ३०० प्रतिकिलोसम्म पुगिरहेको छ।

  • किसान श्रीप्रसाद घिमिरेले १० रोपनीमा बेसार खेती गर्दै गाउँमा बाँदरको समस्या कम गर्ने प्रयास गरिरहेका छन्।

  • धेरैले बाँझो बारीमा बेसार खेती सुरु गरेका छन् र थप जमिनमा विस्तार गर्ने योजना बनाइरहेका छन्।

  • बाँदरबाट बच्न किसानहरूले बेसारसँगै अम्रिसो खेती पनि गरिरहेका छन्।

रामेछाप, ३२ असार। मन्थली नगरपालिका वडा नं–८ चिसापानीका किसानले बाँदरको समस्या समाधानका लागि व्यावसायिक रूपमा बेसार खेती सुरु गरेका छन् । बारीमा लगाएको मकैमा बाँदरले आक्रमण गरेपछि उनीहरुले त्यसको विकल्पमा बेसार खेती सुरु गरेका हुन् ।

बेसार बिक्रीबाट राम्रै आम्दानी हुन थालेपछि किसानहरू त्यसतर्फ आकर्षित भएका हुन् । हाल स्थानीय बजारमा बेसार प्रतिकिलो रु ३०० सम्म बिक्री हुने गरेको छ ।

नगदे बालीका रूपमा लिइने बेसार खेतीबाट राम्रो आम्दानी हुने गरेको किसान श्रीप्रसाद घिमिरे बताउँछन् । “बाँदरकै कारण गाउँ रित्तिन थालेको छ, धेरै मानिसहरू बसाइ सरिसकेका छन्, मैले विकल्पमा १० रोपनीमा बेसार खेती गरेको छु”, उनले भने । आफूहरूले अभियानकै रूपमा बेसार खेती गरेको र थप जमिनमा रोप्ने तयारी पनि गरिरहेको उनको भनाइ छ ।

बसाइँ सरेपछि यहाँका बाँझा बारीमा पछिल्लो समय बेसार खेती हुन थालेको उनको भनाइ छ । बाँदरबाट जोगाउनका लागि धेरै किसानले बेसारसँगै अम्रिसोको खेती पनि गरिरहेका छन् । रासस

 


Thali Mobile Pvt.Ltd.